Digital Newspaper of Nepal
| Monday, 21 August 2017

हाम्रो ’boutमा

final

हामी एउटा समूह हौं र हामी क्रियटिभ काम एन्ड मिडिया रिसर्च प्रा.लि. को छाना मुनी छौं । हाम्रो मान्यता छ –आमसञ्चार क्षेत्रबाट परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ । मुख्यत : हामी समाजका सवै क्षेत्र, वर्ग र समुदायका सवैजसो विषयमा सरोकार राख्छौं यसअर्थमा कि, आमसञ्चार क्षेत्रसाग असम्वन्धित कुनै विषय नै छैन । हामी एक माध्यमका रुपमा समाजका सवै विषय’bout अध्ययन, अनुसन्धान गर्छौं र कुनै पनि नयाँ काम वा निरन्तर चलिरहेको हरेक गतिबिधिको । हामीसंग सञ्चारकर्ममै क्रियाशील सानो र छरितो टीम छ । प्रधान सम्पादकका रुपमा टीमको नेतृत्व प्रेम बनियाले गर्नेछन् । छापा हुादै विद्युतीय सञ्चार माध्यममा क्रियाशील बानियाँ न्यूज–२४ टेलिभिजनका समाचार संयोजक हुन् । काभ्रेका बद्रीराज तिमल्सिना छापाबाट पत्रकारितामा आएका हुन् । ‘मातृभूमिका लागि युवा अभियान’का केन्द्रीय सचिव समेत तिमल्सिनाले प्रबन्ध निर्देशकको जिम्मेवारी लिएका छन् ।

छापा हुदै विद्युतीय पत्रकारितामा आएका सिन्धुपाल्चोकका प्रमोद न्यौपाने कार्यकारी सम्पादकको भूमिकामा रहनेछन् । एभिन्यूज, न्यूज–२४ टेलिभिजनमा सम्लग्न रहिरहेका न्यौपाने पछिल्लो समय ‘म नेपाली’का कार्यकारी सम्पादक थिए । मकवानपुरका संगम बानियाँ र अर्घाखााचीका युवराज आचार्यले सह–सम्पादकको जिम्मेवारी सम्हाल्ने छन् । बानियाँ न्यूज–२४ मा आवद्ध छन एनबेक्स टेलिभिजन हुँदै यसअघि न्यूज २४ टेलिभिजनमा काम गरिसकेका आचार्य ‘म नेपाली’का प्रमुख संवाददाता पनि हुन् ।
टीममा सुशील अर्याल र माधव नेपालले जनसम्पर्कको जिम्मेवारी लिएका छन् । अर्याल न्यूज–२४ टेलिभिजनमा आवद्ध छन् । नेपाल प्रेस चौतारी नेपालका महासचिव हुन् । त्यस्तै, स्याङ्जाका भूवन न्यौपाने प्रमुख संवाददाताका रुपमा क्रियाशील हुनेछन् भने काभ्रेका शुभराज तिमल्सिना ‘कर्पोरेट म्यानेजर’का भूमिकाकमा रहनेछन् । तनहुँका पदम तिमल्सिनाले प्रविधिको संयोजन गर्नेछन् भने काठमाडौंका जयन्द्रवीर सिंह बस्न्यात हाम्रो टीमका संरक्षक हुन् ।