Digital Newspaper of Nepal
| Wednesday, 26 June 2019

ठमेललाई चौबिसै घण्टा खोल्ने पर्यटनमन्त्रीको उद्घोष

September 28, 2018

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीले सन् २०२० देखि २०३० सम्मको एक दशकलाई पर्यटन विकास बर्षको रुपमा मनाइने बताउनुभएको छ । विहीवार ठमेल पर्यटन विकास परिषदले ३९ आंै पर्यटन दिवसको अवसरका गरेको कार्यक्रममा मन्त्री अधिकारीले नेपाल विश्वकै महत्वपुर्ण पर्यटकिय मुलुक भएको बताउनुभएको छ ।

त्यसमा पनि नेपालको ठमेलमा पर्यटकीय केन्द्रविन्दु भएकाले ठमेललाई व्यवस्थित बनाउन सरकारले ध्यान दिएको बताउनुभयो । त्यस्तै दशै अगावै काठमाडौंको पर्यटकीय स्थल ठमेल लगायत पोखरा र सौराहालाई चौबिसै घण्टा खोल्ने तयारी गरेको मन्त्री अधिकारीले जानकारी दिनु भएको छ ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङले ठमेलमा ५ सयवटा लाइभ क्यामरा जडान गरिने र संसारको जुनसुकै ठाउँबाट ठमेललाई प्रतक्ष हेर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । त्यस्तै परिषदका सचिव दावा लामाले ठमेल पर्यटकको पहिलो गन्तव्य भएकाले सरकारले महत्वका साथ लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न समुदायका संस्कृति झल्कने खालका नृत्य तथा झाँकी प्रदर्शनी गरिएको थियो ।