Digital Newspaper of Nepal
| Thursday, 19 July 2018
Subscribe Google+
Smart 4G

नेपाली फुटबलमा छानिएका ३३ खेलाडी

NIC Bank, Long AD

June 21, 2018

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले साफ च्याम्पियनसिप र एसियाडका लागि ३३ सदस्यीय टोलीे घोषणा गरेका छन् । अगस्ट महिनामा इन्डोनेसियामा हुने एसियाडमा यू–२३ टोलीको सहभागिता रहनेछ ।

टोलीमा तीन सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । प्रारम्भिक चरणमा ५५ खेलाडी बोलाइएकोमा अहिले दोस्रो चरणमा ३३ खेलाडी छानिएको हो । यही टोलीबाट सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि पनि टोली घोषणा गरिनेछ । बंगलादेशमा हुने प्रतियोगितामा नेपालको समूहमा भुटान, आयोजक बंगलादेश र पाकिस्तान रहेका छन् ।

छानिएका ३३ खेलाडी:
गोलरक्षक – किरणकुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, सोजित गुरुङ
डिफेन्डर – विराज महर्जन, अनन्त तामाङ, रविन श्रेष्ठ, आदित्य चौधरी, सुमन अर्याल, रवि सिलवाल, कमल श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, गौरव बुढाथोकी, छिरिङ गुरुङ

मिडफिल्डर – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, अन्जन विष्ट, सुनील बल, सुजल श्रेष्ठ, निराजन खड्का, सुमन लामा, तेज तामाङ, अभिषेक रिजाल, मानबहादुर तामाङ, सन्तोष तामाङ
फरवार्ड – विमल घर्तीमगर, भरत खवास, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ ।