Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

संसदमा सभामुख र उपसभामुखमध्ये एक हट्नुपर्ने विषयमा प्रतिपक्षको माग

NIC Bank, Long AD

June 13, 2018

काठमाडौँ । सभामुख र उपसभामुख एउटै दलको हुनु संविधान अनुकूल रहेरनरहेको विषयमा संसदमा दोहोरी चलेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने धारणा राखेका हुन्। लगत्तै नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले नियमापत्ति जनाउँदै बारम्बार विषय उठाएर संसदको मजाक उडाइएको बताए।

संसदको विशेष समयमा खाँडले नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई दल मिलेर एउटै दल भैसकेको अवस्थामा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रबन्ध कार्यान्वयनको माग गरे।

उनले सभामुख र उपसभामुखले राजीनामा दिए पनि राजनीतिक दलसम्बन्धी ऐनका अनुसार दल त्याग गरेको नमानिने भएकाले कार्यान्वयन गर्न माग गरे।

खाँड बोलिरहँदा नेकपामा खगराज अधिकारीले नियमापत्ति जनाएका थिए। सभामुख महराले खाँडले धारणा राखे लगत्तै अधिकारीलाई नियमापत्तिका लागि समय दिएका थिए।

ुसभामुख र उपसभामुख दलसँग सम्बन्धित हुनुहुन्नु, अधिकारीले भने, ुचुनाव लड्दा दलमा हुनुहुन्थ्यो।ु

उनले उपसभामुख निर्वाचनमा पराजित भएकी पुष्पा भुषालले समेत संसदमा सभामुख र उपसभामुखको विषय उठाएकोमा आपत्ति जनाए।

ुजो पराजित हुनुभयो। उहाँले पनि उठाउनुभयोु, अधिकारीले भने, ुसंविधान कार्यान्वयन भैसक्यो। सभामुख र उपसभामुख निर्वाचित भैसक्नुभयो। उहाँहरू अहिले दलसँग सम्बन्धित हुनुहुन्न। बारम्बार यो कुरा उठाइरहँदा संसदको मजाक उडाएको हुन्छ।ु

अधिकारी बोलेलगत्तै कांग्रेसका देवप्रसाद तिमिल्सिनाले नियमापत्ति गर्न कुर्सीबाट उठे। तर सभामुख महराले उनलाई बोल्न दिएनन्।

ुबसि हाल्नुस्। तपाईंको कुरा सबै ध्यानाकर्षण भएकै छु, महराले रुलिङ गरे।

नियमापत्ती गर्न नपाएपनि तिमिल्सिनाले विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा सत्तापक्षका सांसदको नियमापत्ती प्रति असन्तुष्टि व्यक्त गरे। ुप्रमुख प्रतिपक्षको सचेतकको धारणामा सत्तापक्षका सांसदले प्रतिवादन गर्नुभयोु, तिमिल्सिनाले रोष्टमबाट भने ुमेरो प्रश्न संविधानको अक्षरेपी कार्यान्वयन हुन्छ कि हुदैँन भन्ने हो।ु

संविधानको धारा ९१ ९२० मा सभामुख र उपसभामुख फरक राजनीतिक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

संविधानले संसदमा एकभन्दा धेरै दलको प्रतिनिधित्व नभएको अवस्थामा वा उम्मेद्वारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा नपुग्ने व्यवस्था गरेको छ।

नेकपा बनेपछि प्रतिनिधसभामा चार राष्ट्रिय दल भएका छन्। उपसभामुख पदमा निर्वाचन लडेकी पुष्पा भुषालले जेठ २७ गते संसदमा यो विषय प्रवेश गराएकी थिइन्।