Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

शिखर वार्ताका लागि किम सिङ्गापुर पुगे, ट्रम्प पुग्दै

NIC Bank, Long AD

June 10, 2018

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको शिखर बार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प आइतवार नै अवेर पुग्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन् । उनी त्यतैबाट सिङ्गापुर जाने तयारीमा छन् । राष्ट्रपति ट्रम्पले आफ्नो त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताइसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हुँदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ ।

सिङ्गापुर सरकारले पनि यस वार्ताको अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उता उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ । उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दै छन् । सिङ्गापुर पुगेका किमले यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । ट्रम्प र किमबीचको वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् । उक्त शिखर बार्ताको समाचार संकलनका लागि विश्वका कैयौँ देशका पत्रकारहरु सिङ्गापुर पुगिसकेका छन् । सबैभन्दा धेरै अमेरिकी पत्रकार रहेको बताइएको छ ।

यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ । गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो । सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ । आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाई छ ।

श्रोत कान्तिपुर