Digital Newspaper of Nepal
| Thursday, 16 August 2018
Subscribe Google+
Smart 4G

लाजिम्पाटमा खुल्यो माइक्स ब्रेक फास्ट, चर्चित सेलीव्रेटी सहभागी

NIC Bank, Long AD

May 25, 2018

काठमाडौं । विगत ३० बर्षदेखि अमेरिक र मेक्सिकन खाना खुवाउँदै चर्चित बनेको माइक्स व्रेकफास्ट रेन्टुरेन्ट एण्ड वारले लाजिम्पाटबाट सेवा शुरु गरेको छ । लामो समयदेखि काठमाडौंका रेन्टुराप्रेमीहरुको मन जित्न सफल भएको माइक्स ब्रेक फास्ट नयाँ व्यवस्थापन सहित लाजिम्पाटबाट शुरु भएको हो । यसअघि काठमाडौंका नक्साल र बालुवाटारमा रहेको यो रेन्टुरेन्ट एक कार्यक्रममा बीच शुक्रवारबाट सन्चालनमा आएको हो । देशका चर्चित हास्य कलाकार हरिवंश आचार्य, सत्यराज आचार्य, स्वरुपराज आचार्य, ललितपुर महानगरपालिका मेयर चिरिवावु महर्जन, पूर्व एआईजी नवराज ढकाल लगायत विभिन्न व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । दिलिपकुमार बानियाँ, कल्पना श्रेत्री,सुरेन्द्र सिंह सन्चालक रहेको माइक्स व्रेक फास्टले रेन्टुराप्रेमीहरुको मन जित्ने विश्वास लिइएको छ । सन्चालक दिलिपकुमार बानियाँले भन्नुभयो–“विगतदेखिको स्वाद र सेवालाई अहिले पनि कसैले झुलेको छैन । अब हामी पहिलेको भन्दा उत्कृष्ट सेवा दिएर अगाडि बढ्छौं ।” नेपाल मात्रै नभई अमेरिकाको जर्जिया स्थित एटलान्टामा समेत रेन्टुरेन्ट व्यवसायमा संग्लन बानियाँ लगायतको समूहले देशकै नमुना रेन्टुरेन्ट बनाउँने लक्ष्य लिएको छ । शुरुवातबाट निक्कै माइक्स ब्रेक फास्टको टिम निक्कै उत्साहित देखिएको छ । रेन्टुरेन्टमा पर्याप्त पार्किङ सेवा समेत रहेको छ ।