Digital Newspaper of Nepal
| Monday, 20 May 2019

सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’

May 25, 2018

काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’ अनुबन्धित भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका पहिलो नेपाली खेलाडी सन्दीप स्वदेश फर्केलगत्तै जेभियर इन्टरनेसनल कलेजले दुई वर्षका लागि अनुबन्धित गरेको हो। आईपीएलको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि चर्चित भएका सन्दीपलाई काठमाडौंमा जारी ‘कान्तिपुर हिसान शैक्षिक मेला’का क्रममा ‘ब्रान्ड एम्बास्डर’ अनुबन्ध गरिएको जेभियरका प्रमुख कार्यकारी लोकबहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार क्रिकेटर लामिछानेले सद्‍भावना दूतकारुपमा जेभियर इन्टरनेसनलको स्कुल तथा कलेजको प्रबद्र्धन तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउनेछन्। सन् २००६ मा स्थापना भएको जेभियर इन्टरनेसनलले मन्टेश्वरीदेखि उच्च मावि स्कुलरकलेज सञ्चालन गर्दै आएको छ।