Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

डाइनिङ पार्कले शुरु ग¥यो “फार्मर मार्ट”, अनुराधा पुगिन् सब्जी किन्न

NIC Bank, Long AD

May 19, 2018

काठमाडौं । १० करोड भन्दा बढीको लगानीमा स्थापित भएको पुरानो वानेश्वरमा रहेको देशकै चर्चित रेन्टुरेन्ट डाइनिङ पार्क एण्ड लन्ज वारले जेठ ५ गते शनिवारदेखि कृषकको बजार (फार्मर मार्ट) शुरुवात गरेको छ । नेपाली कृषकहरुले उत्पादन गरेका तरकारी, फलफूल, जुसदेखि हरेक बस्तुहरुलाई सिधैं काठमाडौंका उपभोक्ता माझ पु¥याउँने हेतुले फार्मर मार्टको नाममा कृषि बजार शुरु गरिएको डाइनिङ पार्कका चिफ अपरेटिङ अफिसर प्रभु शरण थापाले बताउनु भयो । जेठ ५ गतेबाट शुरु भएको यो फार्मर मार्ट हरेक शनिवार विहान हुनेछ जहाँ देशभरका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई राखिनेछ ।
शनिवार उद्घाटन गरिएको कृषि बजारमा उल्लेख्य उपभोक्ताहरुको सहभागीता देखिएको थियो । प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालादेखि स्वदेशी र विदेशी उपभोक्ताहरुको समेत उल्लेख्य सहभागीताले फार्मर मार्टबाट आफू उत्साहित भएको थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “नेपाली कृषकहरुले सिधै बजार नपाइरहेको अवस्थामा हामीले शुरुवात गरेको यो फार्मर मार्टबाट कृषक र उपभोक्ता दुवैलाई फाइदा हुने देखिएको छ ।” कृषकसँग समन्वय गरेर फार्मर मार्ट शुरु गरिएको बताउँदै फार्मर मार्टकी संयोजक सुनिता नेवाफुकेले भन्नुभयो–“हामीले कृषकको पहिचान सहित कृषि उपज र खाद्यन्नहरु राखेका छौं जस्ले उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्छ ।” उपभोक्ताले के चाहेका छन् त्यसै अनुसार कृषकले उत्पादन गर्ने हुँदा कृषकको जीवनस्तरमा यसले परिवर्तन ल्याउँने अपेक्षा फार्मर मार्टबाट गरिएको छ ।