Digital Newspaper of Nepal
| Wednesday, 20 June 2018
Subscribe Google+
Smart 4G

ओली अध्यक्ष, प्रचण्डलाई सह–अध्यक्ष बनाउने प्रस्तावबारे बोले: शंकर पोखरेल

NIC Bank, Long AD

January 11, 2018

काठमाण्डौं । एमाले नेता एवं प्रदेश नम्बर–५ का मुख्यमन्त्रीका दाबेदार शंकर पोखरेलले एमाले र माओवादीबीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।उनले एकता प्रक्रिया सकारात्म्मक रुपमा अघि बढेकाले एकता हुनेमा आशंका नगर्ने आग्रह गरे । बुधबार दाङमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एकतालाई तीव्रता दिने सहमति भएको उल्लेख गरे ।पोखरेलले सिद्धान्त र कार्यक्रममा एकरूपता, विधि तथा पद्धतिमा एकरूपता र नेतृत्व समायोजन वा संगठनात्मक व्यवस्थापन एकताको आधार भएको बताए ।

उनले एकीकृत पार्टीको अध्यक्ष केपी ओेली र सह–अध्यक्ष प्रचण्डलाई भन्ने प्रस्ताव नगरिएको दाबीसमेत गरे । त्यसबारे कुनै छलफलै नभएको टिप्पणी उनले गे । ‘केपी ओली पार्टी अध्यक्ष र ‘प्रचण्ड’ सह–अध्यक्ष भन्ने विषयमा छलफलै भएको छैन’, उनले भने, ‘यो पत्रकारहरुले बनाएको मात्र हो ।’ पोखरेल दुई दलीय एकता संयोजन समितिले राष्ट्रिय सभाको सिट वितरण र प्रदेश सरकार गठनका लागि निर्माण गरेको कार्यदलका सदस्य समेत हुन् । दाङ -२ को प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्य निर्वाचित पोखरेले आफूहरुलाई जनताले चुने पनि सरकारले नचिनेको गुनासो पोखे । ‘जनताले चुने, तर राज्यले अझै हामीलाई चिनेको छैन’, पोखरेलले भने, ‘यो जनमतको अपमान हो । लोकतन्त्रको बिडम्वना हो ।’