Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

मोनाको फ्रेन्च लिग कपको सेमिफाइनलमा

NIC Bank, Long AD

January 10, 2018

एजेन्सी । मोनाको फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गए राति सम्पन्न क्वाटरफाइनल खेलमा नाइसलाई २–१ ले पराजित गर्दै मोनाको सेमिफाइनलमा पुगेको हो।

मोनाकोलाई जित दिलाउन थोमस लेमर र आडमा डिएखाबेइले एक–एक गोल गरे। त्यस्तै नाइसका अलासने प्लीले एक गोल फर्काए । गतवर्षको लिग कप फाइनलिस्ट मोनाकोले क्वाटरफाइनलमा नाइसलाई उसैको मैदानमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

नाइसविरुद्ध मोनाकोले पहिलो हाफको तेस्रो मिनेटमा नै लेमरको गोलबाट सुरुवाती अग्रता बनाएको थियो। खेलको १८ औं मिनेटमा नाइसका अलासने गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याए। र, खेलको ३७ औं मिनेटमा आडमाले गोल गरेपछि पहिलो हाफमा मोनाको २ – १ ले अघि रह्यो ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल मोनाकोले २ – १ ले आफ्नो बनायो। अब फाइनल प्रवेशको लागि मोनाकोले टोउलुसे र एन्जर्स्बिचको बिजेतासँग खेल्ने छ।

गतवर्षको लिग कप फाइनलिस्ट मोनाको, फाइनलमा पिएसजीसँग पराजित भएको थियो।