Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

पार्टी एकताका विषयमा ‘प्रचण्ड’सँग गौतमको भेटवार्ता

NIC Bank, Long AD

January 8, 2018

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा स्थायी समिति बैठकमा सहभागी हुन जानुअघि बामदेवले ‘प्रचण्ड’सँग भेटेका हुन्।

एमाले बैठक २ बजे बस्दैछ। गौतम खुमलटारस्थित दाहाल निवासमा १०: ३० मिनेटमा पुगेका थिए। उनले ११: ४० सम्म दाहालसँग छलफल गरेका थिए। यसअघि आइतबार साँझ दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोट निवासमा छलफल भएको थियो।