Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

काठमाडौँमा तापक्रम घटेसगै विद्युत आपूर्तीमा समस्या

NIC Bank, Long AD

January 8, 2018

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आधिकारिक रुपमा लोडसेडिङको घोषणा गरेको पनि छैन । तर शनिबारदेखि बानेश्वर, कोटेश्वर, चावहिल र भक्तपुरमा विद्युत आपूर्तीमा समस्या देखिएको छ ।

काठमाडौँमा तापक्रम शुन्य डिग्री सेल्सियस मापन भइरहेको बेला लागातार तीन दिनदेखि बत्ती काटिँदा के भएको होला भन्ने चासो बढेको छ । प्राधिकरणका नो लाइट शाखामा लगातार फोनका घन्टी बजिरहेका छन् । ‘होइन भक्तपुरमा के भएको हो रु फेरि लोडसेडिङ शुरु भएको हो रु’ भन्दै प्रश्न गर्ने सर्वसाधारणहको ओइरो लागेको छ ।

तर, प्राधिकरणले भने लोडसेडिङ अहिले नभएको बताएको छ । प्राधिकरणका अनुसार बानेश्वर सवस्टेशनमा जडान गरिएको नयाँ ट्रान्सफर्मरले लोड लिन लामो समय लगाएका कारण पछिल्लो समय केही क्षेत्रमा विद्युत आपूर्तीमा समस्या देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बानेश्वरको सबस्टेशनमा रहेको १८ एमबिएको ट्रान्सर्फमर फेरिएको र उक्त ट्रान्सफर्मरले लोड लिन समय लगाएका कारण भक्तपपुरलगायतका स्थानमा विद्युत कटौती भएको बताए ।

वैकल्पिक व्यवस्था गरेर भएपनि ती क्षेत्रमा विद्युत् दिन खोजेपनि प्राधिकरणले लोड व्यवस्थापन गर्न नसक्दा समस्या आएको बताएको छ ।

‘हामीले वैकल्पिक उपायका बारेमा पनि सोच्यौ र कार्यान्वयन गर्न खोज्यौ, तर त्यो उत्तम विकल्प देखिएन । अन्य सुवस्टेशनबाट विद्युत् दिँदा झन् समस्या आउने र प्रसारण प्रणालीमा नै समस्या आउने देखियो’ घिसिङले भने ।

प्राधिकरणका अनुसार प्राधिकरणको प्रणालीले नधान्दा वैकिल्पक व्यवस्था गर्न नसकिएको हो ।

बानेश्वरमा रहेको १८ एमभिएको ट्रान्सर्फमर पुरानो भएपछि प्राधिकरणले सोही क्षमताको ट्रान्सर्फमर जडान गरेको छ । तर ट्रान्सफर्मरलाई लोड दिन कम्तीमा पनि २४ घन्टा समय लाग्ने बताइएपनि हालसम्म पूर्ण रुपमा लोड लिइसकेको छैन ।

ट्रान्सफर्मरलाई पूर्ण रुपमा लोड धान्ने बनाउन उसलाई समान्य भोल्टेजमा विद्युत् प्रवाह गर्नुपर्ने हुन्छ । सो कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशत लोड लिएको प्राधिकरणको भनाइ छ ।

आज दिनभर ट्रान्सफर्मरलाई लोड दिएपछि सम्पूर्ण रुपमा समस्या हट्ने बताइएको छ ।

प्राधिकरणले वैकल्पिक व्यवस्था गरेर विद्युत् प्रवाह गराउने प्रयास गरिएपनि केही समय विद्युत् जाने तथा आउने भइरहेको छ । एक्कासी लोड दिदा ट्रान्सफर्मर पड्कन सक्ने भएकाले नियमित विद्युत् दिन समस्या भएको प्राधिकरणको भनजाइ छ ।

गत दसैको समयमा भक्तपुर सवस्टेशनमा मुसाका कारण तीन दिनसम्म बत्ती काटिएको थियो । मुसाले सवस्टेशनमा रहेको केवल तथा उपकरणमा क्षति पुर्याएपछि समस्या निम्तिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मुलुकभर औद्योगिक क्षेत्रमा दैनिक तीन घन्टा बाहेक कही कतै पनि लोडसेडिङ नभएको र केही स्थानमा सवस्टेशन तथा ट्रान्सफर्मरको क्षमता वृद्धि गर्दा केही समय विद्युत् जान सक्ने भएकाले धैर्य गर्न उपभोक्तालाई आग्रह गरेका छन् ।