Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

एमाले–माओवादी एकतामा दुवै पार्टी आन्तरिक छलफल

NIC Bank, Long AD

January 8, 2018

काठमाडौं । पार्टी एकतामा देखिएका जटिलता फुकाउन एमाले–माओवादी आन्तरिक छलफलमा जुटेका छन् । हिजो एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच भेट भएपछि दुवै पार्टीले आन्तरिक छलफल थालेका हुन् ।
एमालेले आज पार्टीको स्थायी सतिति बैठक बोलाएको छ भने मओवादी अध्यक्ष प्रचण्डले आन्तरिक भेटघाट र छलफल थालेका छन् ।
राष्ट्रियसभा निर्वाचनको तयारी र बामएकता प्रक्रियाबारे छलफल गर्न एमाले स्थायी समिति बैठक सोमबार बस्दैछ । एमालेअध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा अपरान्ह २ बजेपछि बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन तयारीका साथै बाम एकता र आगामी सरकारको समिकरणबारे छलफल हुने एमालेले जनाएको छ ।
एमाले सचिव योगेश भट्टराईका अनुसार अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडवीच आइतबार भएको भेटवार्ताले पार्टी एकता प्रक्रियालाई गति दिने विश्वास गरिएको छ ।
‘दुवै पार्टीको आन्तरिक बैठक बसी तत्काल एकता प्रक्रिया टुङ्ग्याउने सहमति भएअनुसार आज एमाले स्थायी सममिति बैठक बस्न लागेको हो’ भट्टराइले भने ।
त्यसैबीच प्रचण्डले पनि आज आन्तरिक छलफल थालेका छन् । आन्तरिक भेटघाट र छलफलपछि पार्टीको बैठक बोलाउने तयारी गरेका छन् ।
चुनाव लगत्तै पार्टी एकता गर्ने बताएका एमाले–माओवादीले चुनाव सकिएको एक महिना वितिसक्दा पनि एकता घोषणा नभएपछि यसको जवाफ आम कार्यकर्ताले खोजिरहेपनि पाउन सकेका छैनन ।
एकताका लागि बैचारिक विषयमा खासै समस्या नभएको बताएका यि दलहरुले सांगठानिक विषयमा नेता कार्यकर्ताको व्यवस्थापन गर्न समय लागेको बताउने गरेका छन् ।
पार्टी एकतामा भइरहेको ढिलाईले केही आंशकाहरु उठेका छन् । तर, ओली र प्रचण्डवीच हिजो भएको भेटमा भने एकताका लागि केही प्रगति भएको दावी गरिएको छ । दुवै दलका नेताहरुले एकता कुनैपनि बहानामा नरोकिने दावी भने गर्दै आएका छन् ।
कहिले एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य त कहिले चितवनबाट प्रचण्ड काठमाडौ आउन मौसमले साथ नदिँदा पार्टी एकताका लागि बनाइएको एकता संयोजन समितिको बैठक बस्न नसकेको नेताहरुले बताउने गरेका छन् ।
दुवै पार्टीको बैठकपछि सम्भवत मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने छ ।
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य उपचार गर्न थाइल्याण्ड जानेभएपछि एक साता यतिकै वित्ने छ ।
पार्टी एकीकरण र सरकार गठन प्रक्रियालाई यि दुवै दलले सँगसंगै लैजाने भनेपनि संगठनात्मक संरचना र पदीय भागवण्डा मिलाउन दुवै पार्टीमा सकस देखिएको छ ।
पार्टीका शीर्ष नेता देखि दोस्रो बरियताका नेताहरुको व्यवस्थापन नै एकताका लागि चुनौतिको विषय बनेको कुरा नेताहरु नै स्वीकार गर्दै आएका छन् । यद्यपी दुई पार्टीका अध्यक्षबीच आइतबार भएको छलफलमा सानो कार्यदल बनाएर एकता प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
आइतबारको दुई नेताको भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा एकता प्रक्रियालाई टुंग्याएर जाने सहमति भएको सञ्चारकर्मीलाई बताएका थिए ।