Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

‘अलैँची जोन’ कार्यक्रम सञ्चालन पछि कृषकहरु उत्साहित

NIC Bank, Long AD

January 4, 2018

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको वडा नम्बर १, २, ६ र ७ मा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘अलैँची जोन’ कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका अलैँची कृषकहरु उत्साहित भएका छन् । कार्यक्रम सञ्चालन भएपछि अहिले कृषकहरुले पहिलेको तुलनामा गुणस्तरीय अलैँची उत्पादन गर्न थालेका छन् । त्यस्तै उत्पादकत्वमा समेत वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत कमलेश तिवारीले बताए । फालेलुङको याङतारु अलैँची जोन सञ्चालक समितिमार्फत त्यहाँ आवद्ध कृषक समूहरुलाई कार्यालयले आवश्यक कृषि सामग्रीहरु प्रदान गर्ने गरेको छ ।

परम्परागत प्रणालीबाट अलैँची खेती गर्ने गरेको तर अहिले कार्यक्रम सञ्चालन भएपछि नयाँ प्रविधिमा आधारित अलैँची खेती गर्न थालेको याङतारु अलैँची जोन सञ्चालक समितिका व्यवस्थापक टिका रिजालले बताए । ‘अलैँची जोन’ कार्यक्रम सञ्चालन भएका कृषकले उत्पादन गरेको अलैँचीको भाउसमेत अन्य अलैँचीको तुलनामा प्रति मन २ हजार रुपैयाँ बढी रहेको रिजालले बताए । अहिलेसम्म कार्यक्रम सञ्चालन भएका ४ वडामा ५० वटा समूहका २ हजार बढी कृषकहरु लाभान्वित भएका छन् ।

अहिलेसम्म ती वडाहरुमा कृषकहरुलाई आवश्यक पर्ने सामग्रीमा पाइप ५० हजार मिटर, २ वटा ट्याक्टर, धुवाँरहित सुधारिएको भट्टी, ४० वटा डिजिटल तराजु, विषादी हान्ने मेसिन गेट स्प्रेयर २५ वटा, मिनी स्प्रेयर ४० वटा, मल ५० प्रतिशत अनुदानमा १० हजार क्वीन्टल प्राप्त गरेको व्यवस्थापक रिजालले बताए ।

आर्थिक वर्ष ०७४र०७५ अन्र्तगत दोस्रो चौमासिक कार्यक्रम अर्न्तगत पुस अन्तिममा पनि कृषकहरुलाई अलैँची बगानमा उपयोगी हुने सामग्री प्रदान गर्न लागिएको कृषि अधिकृत प्रकाश विश्वकर्माले बताए । उनका अनुसार अब चाँडै १५ वटा कृषक समूहलाई फुट स्प्रेयर, न्याप स्कापक स्प्रेयर ४० थान ३० वटा कृषक समूहलाई, यस्तै जैविक तथा रसायनिक विषादी झोल, मल इत्यादि अलैँची बगानमा छर्नका लागि प्रदान गरिनेछ ।

त्यसैगरी ५ वटा प्लाष्टिक कार्यक्रम, २५ थान डिजिटल तराजु, रोग किरा न्यूनीकरणका लागि विभिन्न किसिमका जैविक तथा रासायनिक विषादीहरु प्रयोग गर्न सिकाइ वितरण गरिनेछ । माटो परिक्षण शिविर सञ्चालन गरी ५ सय कृषकहरुको अलैँची बगानको माटो परिक्षण गरिने तथा उन्नत प्रविधि प्रर्दशन, २ सय ५० जनाको भकारो सुधार कार्यक्रम गरिने उनले बताए।