Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

किम जोङको भन्दा ठूलो न्युक्लियर बटन रहेको ट्रम्पको जवाफ

NIC Bank, Long AD

January 3, 2018

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको भन्दा ठूलो न्युक्लियर बटन आफूसँग भएको बताएका छन् ।
बुधबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूसँग भएको बटन ठूलो मात्र होइन यसले काम पनि गर्ने बताएका छन्।
‘उत्तर कोरियाली नेता किम जोङ उनले सधैँ मसँग न्युक्लियर बटन हुन्छ भनेछन्, उनको भोकमरीमा बाँचिरहेको तानाशाही शासनका कोही हुनुहन्छ भने जानकारी गराइदिनु, मसँग उनको भन्दा ठूलो र शक्तिशाली न्युक्लियर बटन छ, र यसले काम गर्छ।’
यसअघि नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै उत्तर कोरियाली शासक उनले आफ्नो टेबलमा न्युक्लियर मिसाइलको बटन भएको र अमेरिकाले युद्दको घोषणा नै गर्न नपाउने बताएका थिए।