Digital Newspaper of Nepal
| Monday, 20 May 2019

कविता

January 2, 2018

प्यारो मान्छे

मेरो मुटुमा बसेको ए प्यारो मान्छे
किन हो भन त यसरी तर्किन थालेको ?
हिजो सम्म त भन्थियौ
मैले तिम्रो मुटुमा नछुट्ने गरि बास गरेको छु
आज के भयो हअ ?
कि त्यसै नाट्क गरेको थियौ ?

हुन त यो संसार नै रंग मन्च हो
यहाँ हरेकले आ(आफ्नो भुमिका निर्वाह गरेको हुन्छ
तिमी पनि त्यहीको एउटा पात्र न हौ
म पनि त्यही रंग मंचको एक पात्र
एउटै समयमा फरक फरक भुमिका खेल्दै छौ हैं ?

समय न मेरो बसमा छ
न त तिम्रो बसमा
यहाँ हरेकको आफ्नै ढंग र आफ्नै परिबेश छ
मेरो जीवनको एक अध्याय तिमी पनि बन्यौ
म यी अध्यायहरु पल्टाउदै छु
मैले कहाँ कहाँ चुकाए यी अध्याय पढ्न
बुझ्न आफै अनि बुझाउन आफैलाइ

तिमिले भन्ने हरेक शब्दले मुटु चस्स हुने गर्छ
ती बितेका हरेक समयले मुटु छियाछिया पार्छ
तिमी भन्दै थियौ मैले तिम्रो मुटुमा घर गरेको छु
तर हैन रहेछ नि है मेरो प्यारो मान्छे
जमिन जमीन नै हुन्छ
अनि आकाश आकाश नै हैन र ?

डेरा अनि घर फरक हुन नि हैं
मैले मात्र तिम्रो मुटुमा डेरा जमाएको रहेछु
घर बनाउन नै सकेन छु
त्यसैले त तिम्रो मुटु बाट
कति छिट्टै निस्किसकेको रहेछु
तर हेरन तिम्रा हरेक शब्दले
मन मुटुमा गहिरो छाप छोडेको छ मेरो
नभुल्न सके न पाउन सके तिमिलाइ
मेरो प्यारो मान्छे ।।।

२०७४-९-१७
रमा भट्टराई  कैलाली