Digital Newspaper of Nepal
| Thursday, 18 January 2018
Subscribe Google+
Smart 4G

बाल्यकालमा चञ्चले स्वभाव कि वर्षा शिवाकोटी

NIC Bank, Long AD

December 27, 2017

एकसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी वर्षा शिवाकोटीले भर्खरै चलचित्र ‘भैरे’को काम सकिन् । ‘नाइ नभन्नु ल (२’, ‘पशुपतिप्रसाद’ लगायतका चलचित्रमा काम गरेकी वर्षाको बाल्यकालको स्मरण उन ज्यादै चञ्चले स्वभावमा बित्यो ।
पहिलो दिन स्कुल जाँदाको क्षण सम्झन्छु । मलाई स्कुल जानै मन लागेको थिएन । डराएकी थिएँ । ‘स्कुल जान्न’ भन्दै रोएकी थिएँ । मलाई आमा छोड्नै मनलाग्दैनथ्यो । म त ममीको पुच्छरै थिँए । ममीलाई छोड्ने भनेपछि मलाई रुन मन लागिहाल्यो । ‘एल केजीसम्मै रुँदै स्कुल गएँ ।


टिफिन प्रायः घरवाटै बनाएर लैजान्थें । मलाई ती दिनहरुमा अण्डा र फ्राइराइस निकै मनपथ्र्यो । तर, खान भने अल्छि लाग्थ्यो । त्यहिकारण साथीहरुलाई शेयर गर्थें । कक्षामा होमवर्क नगरेको भनेर कहिल्यै सजाय भने पाइन । हो, प्रिन्सिपल सुजिल वन्तलाई देखेपछि भने औधी डराउँथे । बाफ रे, सातो पुत्लो उडथ्यो । म मात्रै हैन वन्त सरलाई देखेपछि साथीहरु पनि सबै डराउँथे ।
अक्सिडेन्टल पब्लिक स्कुलमा पनि पढियो । उक्त स्कुलका प्रिन्सिपल डिबी निरौला झन डरलाग्दो हुनुहुन्थ्यो । स्कुलमा कुनै केटाकेटीले खान मानेनन् भने पनि डिबी सरको नाम लिन्थे । उहाँको नाम सुन्नासाथ केटोकटी भटाभट खान्थे ।


घरमा बस्दा भाँडाकुटी मलाई खुब मनपथ्र्यो । नक्कल त कति पार्ने कति । दिनमै चार पाँच पटकसम्म लुगा फेर्थें । नाच्न गाउन खुब मनपथ्र्यो । दाइसँग निकै झगडा गर्थें । दाइ कस्तो भने छुच्चो । मेरो लागि केही किनेर ल्याएको छ भने पनि दाइले क्वाप्पै खाइदिनुहुन्थ्यो । त्योबेला मलाई कम्ती रिस उठथेन । म ठुस्स परेर, ‘पान, मसाला, सुपारी, हड्डी कट्टी’ भन्दै बस्थें । म रिसाएको देखेपछि दाइ फकाउन थाल्नुहुन्थ्यो । मलाई फकाउन उहाँ सिपालु । फकाइहाल्नुहुन्थ्यो । ‘एक दुइ दिन बोल्दिन’ भन्थें दाई आएर फकाइहाल्नुहुन्थ्यो ।


म आठ कक्षामा पढ्दाको कुरा हो । स्कुलले लुम्बिनी, पोखरा र चितवन भ्रमण लैजाने भयो । यी सबै ठाउँमा म गइसकेकी थिएँ । मलाई बाबाले जान नदिने कुरा गर्नुभयो । साह्रै नरमाइलो लाग्यो । स्कुलै नगई रोएर बसीरहेकी थिएँ । मलाई बाबाले जान नदिएको कुरो स्कुलमै पुगेछ । अनि त स्कुलका शिक्षकसहित साथीहरु नै आएर बाबासँग मेरो पक्षमा कुरा राखे । बाबाको मन पनि पग्लीयो, मैले भ्रमणमा जान अवसर पाएँ ।
स्कुल पढ्दा खेत रोपेको क्षण म कहिल्यै बिर्सन्न । मैले त्यसबेलासम्म कहिल्यै खेतमा टेकेकी थिइन । एकदिन स्कुलले खेत रोप्न लग्यो । शुक्रवार परेको थियो । ह्वाइट डे्रस लगाएर हिलोमा पसेपछि म त बिरुपै भएँ । हिलोले बिरुप बनाए पनि मलाई रमाइलो लागेको थियो ।