Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

रुदीखोला ‘ए’ को उत्पादन फागुनदेखि सञ्चालन हुने

NIC Bank, Long AD

December 24, 2017

लमजुङ । कास्की र लमजुङको सिमानाको रुदीखोलामा निर्माणाधीन ८।८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनाले आगामी फागुनदेखि विद्युत् उत्पादन थाल्ने भएको छ । निर्माणका सबै काम सिध्याएर फागुनमा उत्पादन थाल्ने लक्ष्य रहेको प्रवद्र्धक बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टले जनाएको छ ।  ‘निर्माणको काम ८५ प्रतिशत सकिएको अवस्था छ,’ आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर सरोज भट्टराईले भने । उनका अनुसार पावरहाउसको सिभिल स्ट्रक्चर ९भौतिक संरचना० निर्माण कार्य लगभग सकिएको छ । इलेक्ट्रोमेकानिकलतर्फ टर्बाइन र जेनेरेटरको जडान थालिएको छ । बाँधको निर्माणकार्य ८५ प्रतिशत सकिएको छ । पेनस्टक पाइप जडानको कार्य अन्तिम चरणमा पुगेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङ्दी र कास्कीको मादी गाउँपालिका ८ सिङ्दीबेंसीमा डयाम ९बाँध० निर्माण गरिएको छ । उक्त ठाउँबाट ६ किमिको पेनस्टकबाट पानी ल्याएर मादी ९ बालुवाबेंसीमा निर्माण गरिएको पावरहाउसमा पानी ल्याई विद्युत् उत्पादन गरिनेछ । पेनस्टक जडान गर्न अब करिब १ किमि मात्रै बाँकी छ ।

आयोजनाको सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन, हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ तोसिबा प्लान्ट सिस्टम एन्ड सर्भिस कर्पोरेसनले निर्माण गरिरहेको छ । आयोजनाले मादी गाउँपालिका ९ मुंग्रीबेंसीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म ३।८ किमि लामो ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइन आफैं निर्माण गरेको छ । उक्त ट्रान्समिसन लाइनको ५ सय मिटर तार टाँग्न मात्रै बाँकी रहेको भट्टराईले बताए । ‘इलेक्ट्रोमेकानिकलको काम गर्न बढीमा ३ महिना लाग्ने भएकाले हामी फागुन महिनाभित्रै विद्युत् उत्पादन गरिसक्छौं,’ उनले भने, ‘अन्य काम अबको २ महिला आसपास सबै पूरा हुन्छ ।’