Digital Newspaper of Nepal
| Thursday, 18 January 2018
Subscribe Google+
Smart 4G

इलाममा यसवर्ष धान उत्पादनमा वृद्धि

NIC Bank, Long AD

December 24, 2017

इलाम । इलाममा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा यो वर्ष आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ ।
यो वर्ष ५२ हजार ८ सय १६ मेट्रिक टन धान उत्पादन भएको छ । गएको वर्षको तुलनामा इलाममा तीन हजार सात सय १६ मेट्रिकटन बढी धान उत्पादन भएको हो । गएको वर्ष ४९ हजार एक सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसवर्ष मौसमले राम्रो साथ नदिए पनि मलको अभाव नभएपछि धान उत्पादनमा वृद्धि भएको माइनगरपालिका ५ दानाबारीका किसान हेमकला सुनुवारले बताए ।

जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणि काफ्लेका अनुसार जिल्लामा हर्दिनाथ १, राधा १२, मनसुली , मकवानपुर १, चिराँखे, भँगेरे, बेलगुठी जातका धान खेती गरिन्छ ।

उनका अनुसार जिल्लाका चुरे क्षेत्रहरु चुलाचुली, दानाबारी, महमाई, बाँझो लगायतका क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ । यी क्षेत्रहरुबाट झापाका बजारहरुमा धानको निकासी हुँदै आएको छ । तर कति धान यो क्षेत्रबाट निकासी हुन्छ भन्ने तथ्याङ्क भने जिल्ला कृषि विकास कार्यालयसँग नभएको उहाँले बताए । यसवर्ष इलाममा १५ हजार नौ सय १५ हेक्टर जमिनमा धानखेती गरिएको थियो ।