Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

साँझ ५ बजेदेखि पहिलो चरणको मतगणना

NIC Bank, Long AD

डिसेम्बर 7, 2017

काठमाडौं। साँझ ५ बजेदेखि पहिलो चरणमा सम्पन्न मतदानको मतगणना हुने भएको छ । मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो ।

सर्वदलिय बैठक सकेर पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना शुरु गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको हो ।

दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् ।