Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

नेपालद्वारा यूएईसामू २ सय २२ रनको लक्ष्य

NIC Bank, Long AD

डिसेम्बर 6, 2017

काठमाडौं ।  नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले यूएईलाई २ सय २२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा आएको नेपालले यूएइको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो । नेपालबाट शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए । च्याम्पियनसिपमा यो उनको उच्च स्कोर हो । त्यस्तै ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान २०, दिलीप नाथ १६, विनोद भण्डारी ४ र आरिफ शेख शून्यमा आउट भए । वसन्त रेग्मी १४ रनमा नटआउट रहे । नेपालले विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदै छ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् ।

युएई ६ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकामा पुछारमा छ । पहिलो चार खेल हारी च्याम्पियनसिपको सुरुआत गरेको नेपाल त्यसयता नामिबिया, नेदरल्यान्ड्स, केन्यासँग विजय हात पारेपछि नेपालको शीर्ष चारमा पुग्ने आशा पलाएको थियो । तर हङकङसँगको पछिल्लो हारले नेपाल शीर्ष चारको दौडबाट बाहिरिएको थियो । नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ । युएईसँग दुबै खेल जितेमा नेपाल पाँचौं स्थानमा उक्लन सक्छ । अर्को खेल शुक्रबार हुनेछ । शीर्ष चारमा नपरेकाले नेपाल र युएई यसअघि नै डिभिजन २ मा झरिसकेका छन् । डिभिजन २ फेब्रुअरीमा नामिबियामा हुने तालिका रहेको छ ।