Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

तीन लाख सहित वाम गठबन्धनका नेता कार्यकर्ता पक्राऊ

NIC Bank, Long AD

डिसेम्बर 6, 2017

पर्सा । निर्वाचन आयोगले लगाएको मौन अवधिको समयमा मतदाताहरुलाई आर्थिक प्रलोभनमा पार्ने बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । पर्साको पोखरिया क्षेत्र नम्बर ३ मा मतदातालाई आर्थिक प्रलोभन देखाएर मत किन्न खोज्दै गर्दा तीन जना बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तीन जना बाम गठबन्धनका कार्यकर्तालाई ३ लाख नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अशोक रौनियार, बासु यादव र बृजेश पट्टेल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।