Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

ताराजाली र सिसी क्यामेरा जडान गर्न भ्याई नभ्याई

NIC Bank, Long AD

डिसेम्बर 6, 2017

मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन अधिकांश मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिँदै छ। दलका प्रतिनिधिले मतपत्र च्यात्ने र खाने जस्ता घटना बढेर मतगणना स्थलमा विवाद उत्पन्न हुन थालेपछि आयोगले मतगणना स्थलमा सुरक्षा ब्यवस्था कडा गर्ने भएको छ । मतगणना स्थलमा प्रवेश गर्ने कसैलाई पनि सलाई, लाइटर, एसिडजस्ता सामग्री वा अन्य घातक समान लान रोक लगाएको छ ।

यस्तै मतगणना स्थलमा प्रवेश पाएका मध्ये मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, तथा सुरक्षा निकायका प्रमुख बाहेक अरुलाई मोबाइल फोन, क्यामरा, अडियो तथा भिडियो खिच्ने उपकरण लैजान निषेध गर्ने जनाएको छ । मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधी र मतगणक बस्ने स्थलको निश्चित दुरी बनाउने, दुई पक्षका बिचमा टेबुल, बेन्त, डेस्क, डोरी वा अन्य प्रकारका छेकबार राखिने तयारी छ । मतगणना स्थलमा उम्मेदवार, निर्वाचन प्रतिनिधी र मतगणना प्रतिनिधीले कुनै पनि हालतमा मतपत्र छुन नपाउने गरी छेकबार राख्ने र उच्च सुरक्षा प्रबन्ध मिलाउने आयोगले जनाएको छ । मतगणना स्थलमा सिसीटिभी समेत जडान गरिने भएको छ ।