Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

पुस्करनाथ ओझाको मिसन के हो ?

NIC Bank, Long AD

डिसेम्बर 5, 2017

कैलाली । चुनाव प्रचारको अन्तिम दिन सोमवार विवेकशील साझा पार्टीको तर्फबाट कैलाली क्षेत्र ५ का उम्मेदवार रहेका दिनेश भण्डारीले तीन जना व्यक्तिको तस्वीर राखेर लेखे मिसन एकम्पिस । दिनेश भण्डारीले विजय भण्डारी र तरुण जोशीलाई ट्याग गरेका छन् भने तस्वीरमा पनि उनीहरु नै देखिएका छन् ।

यसको संकेत कैलाली क्षेत्र ५ बाट काँग्रेस उम्मेदवार रहेकी काँग्रेसकी नेतृ आरजु राणा देउवालाई हराउँन जस्तो देखाउँन खोजिएको छ । कैलालीमा २०७० सालको संविधानसभाको उपनिर्वाचनमा विजयी भएका पुष्करनाथ ओझाको समर्थन दिनेश भण्डारीलाई रहे जस्तो देखाउँन खोजिएको छ । तर, कैलालीमा ओझा निरन्तर कमजोर देखिएका छन् ।
उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर ५ को विकल्पमा प्रदेशको मुख्य मन्त्री वा अन्य निर्वाचन क्षेत्र रोज्न दिएपनि उनले मानेनन् र निक्कै लामो समयको मौनतालाई तोड्दै आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने जनाउँ दिएका छन् । डोटीबाट कैलाली क्षेत्र नम्बर ५ झरेका पुस्करनाथ ओझा आफैमा कमजोर छन् । त्यसमाथि उनलाई व्यवस्थापनका लागि पार्टी सभापति एवम् प्रधानमन्त्रीले अनेक विकल्प दिँदा पनि उनले विवेशील साझा पार्टीका उम्मेदवारसँग रकमको लेनदेन गरि आरजु राणा देउवा हराउँ अभियानलाई सहयोग गरेको जस्तो देखिएको छ । पार्टी नेतृत्वमा निक्कै कमजोर मानिएका ओझा लामो समयदेखि संघीयताको विरोध गरेकै कारण मुख्य मन्त्रीको दावेदारी नगरेको कैलाली काँग्रेसका कार्यकर्ताहरुको भनाई छ । २०५८ देखि राजनीतिमा करिव निक्रिय रहेका ओझाको मिसनलाई लिएर काँग्रेस नेता कार्यकर्ताहरु पनि अहिले आश्चर्यमा परेका छन् । उनले पटक पटक संघीयता विरोधी अभिव्यक्ति मात्रै होइन सामाजिक सन्जालमा नै पोष्ट गरेका थिए । नेपाली काँग्रेसको १३ औं महाधिवेसनमा केन्द्रीय सदस्यका प्रत्यासी समेत रहेका ओझा उनकै स्वभाव र आचरणका कारण नराम्रोसँग पराजित भएका थिए । ३५ औं क्रम संख्यामा निर्वाचन लडेका ओझा काँग्रेस केन्द्रीय सदस्य बन्न सकेनन् । केही निहीत व्यक्तिको स्वार्थको पछाडि दौडिएका ओझालाई अहिले कैलाली काँग्रेसका कार्यकर्ताहरुले ¥याख¥याख्ती पारेर प्रश्न गरिरहेका छन् आखिर ओझाको मिसन के हो त ? यद्यपी उनी खुलेआम रुपमा विवेकशील साझा पार्टीका उम्मेदवार बोकेर हिडिरहेका छन् र काँग्रेस कार्यकर्तालाई समेत उनले गोप्य रुपमा विभिन्न आश्वसनहरु बाँडेपछि अहिले काँग्रेस कार्यकर्ता पुस्करनाथ ओझासँग रुष्ट भएको बुझिएको छ ।