Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

मतदाता परिचय पत्र वितरण आजबाट सुरु

NIC Bank, Long AD

December 5, 2017

काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ । मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ । आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् ।

परिचयपत्र लिन जाँदा आफ्नो परिचय खुल्ने कुनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र देखाउनुपर्ने छ । यसैगरी एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने आयोगले जनाएको छ ।






Warning: simplexml_load_file(http://www.geoplugin.net/xml.gp?ip=54.144.82.216): failed to open stream: HTTP request failed! HTTP/1.1 403 Forbidden in /srv/users/serverpilot/apps/digital2patrika/public/wp-content/themes/2014/functions.php on line 503

Warning: simplexml_load_file(): I/O warning : failed to load external entity "http://www.geoplugin.net/xml.gp?ip=54.144.82.216" in /srv/users/serverpilot/apps/digital2patrika/public/wp-content/themes/2014/functions.php on line 503