Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

थकालीको सक्रियताले मुस्ताङका सबै वडामा इन्टरनेट सहितको सुविधा पुग्ने

NIC Bank, Long AD

डिसेम्बर 5, 2017

काठमाडौं । नेपाली काँग्रेसको नेतृत्वमा डिजिटल नेपाल अभियान अगाडि बढेको छ । स्थानीय तहका सबै ठाउँलाई प्रविधी मैत्री बनाउनका लागि पहिलो चरणमा १० जिल्लाबाट अभियान शुरु भएको हो । अभियान अन्र्तगत व्रोडब्याड नेटवर्क तयार पारि दुई बर्षसम्म निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने सूचना तथा सन्चार मन्त्रालयले जनाएको छ । र, यो योजना लैजान नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका प्रत्यक्ष पदका उम्मेदवार तथा पूर्व मन्त्री रोमी गौचन थकालीले निक्कै ठूलो गृहकार्य गर्नुभएको थियो । उहाँकै लविङमा मुस्ताङ पनि नमुना १० जिल्लामा पर्न सफल भएको हो ।

पहिलो चरणमा सोलुखुम्बु, उदयपुर, सिन्धुपाल्चोक, रसुवा, नवलपरासी, मुस्ताङ, सप्तरी, धनुषा, दाङ, रोल्पा, सुर्खेत, जुम्ला, डडेल्धुरा र बाजुरामा यो अभियान लागू भएको छ । यी १० जिल्लाहरुलाई पाइलट प्रोजेक्टको रुपमा छनोट गरिएको छ आगामी दिनमा देशका सबै जिल्लाहरुलाई समेटने कार्ययोजना मन्त्रालयले तयार परेको छ । यस अभियान अन्र्तगत प्रत्येक नगरपालिका, गाउँपालिका, वडा, स्वास्थ्य केन्द्र,सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक उच्च माध्यमिक विद्यालयमा २ थान कम्युटर, १ प्रिन्टर, युएसपी, विद्युत नभएको स्थानमा सोलार पावर सिस्टम र इन्टरनेट कनेक्सन मन्त्रालयले उपलब्ध गराउने छ । १० जिल्लाबाट शुरु भएको यो अभियान छिट्टै देशव्यापी बनाएर डिजिटल नेपाल बनाउँने अभियानमा अगाडि बढाइने सन्चार मन्त्रालयले जनाएको छ ।