Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

इमानको राजनीति र देशको विकासका लागि मेरो उम्मेदवारी

NIC Bank, Long AD

डिसेम्बर 4, 2017

देशमा एक दशक लामो अवधिसम्म संविधान निर्माणमा समय खर्चिएर संविधान जारी भएको छ । यो सन्र्दभमा अबको सबैको आशा भने कै संविधानको पूर्ण कार्यान्वयन र देशमा सुशासन, भ्रष्टचाररहित समाज निर्माण र विकास सबै नागरिकको आशा हो । यहि समकालिन चुनावी सन्र्दभमा एक सक्रिय व्यक्ति, एक अवकाश प्राप्त प्रहरी, कालीचरण कार्की भर्खरै नेपाली राजनीतिमा होमिएका छन् । अहिले उनी विवेकशील साझा पार्टीबाट भक्तपुर क्षेत्र नं. १ क चाँगुनारायण प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा ओर्लिएका छन् । चुनावको बिषयमा उनै कार्कीसँग गरिएको कुराकानीको अंश ।

  • कालीचरण कार्की को हो ? र किन विवेकशील साझा पार्टीको उम्मेदवार बन्नु भयो ?
    म कालीचरण कार्की । तत्कालीन दुवाकोट गा.वि.स. अहिलेको चाँगुनारायण नगरपालिका वडा नं. २ हो । मेरो राजनीतिक पृष्ठभूमी भन्नुपर्दा राजनीतिमा भर्खर प्रवेश गरेको हुँ । नेपाल प्रहरीबाट निवृत्त भएर विभिन्न सामाजिक क्रियाकलापमा लागि पर्दा पार्टीले विश्वास गरेर क्षेत्र नं. १ क. चाँगुनारायण क्षेत्रबाट प्रदेश सभाको टिकट दिएको छ । म अहिले प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवार हुँ ।
  • नेपाल प्रहरीको अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ,कसरी राजनीतिमा आउनुभयो ?
    देशमा भ्रष्टाचार मौलाउँदो छ । हत्या, हिंसा, अपराध रोकिएको छैन । स्वाभिमानलाई बन्दकी राखेर विभिन्न सन्धी सम्झौताहरु भइरहेका छन्् । यी यावत कुराहरुलाई राजनीतिक दलहरुले बढवा दिईरहेका छन् । म सुरक्षा निकायको जागिर खाँदा पनि यसको बिरोध गरी नै रहन्थ्यें । त्यसैले अवधी पुग्नासाथ अवकास लिए । देशमा देखिएका समस्याहरुको समाधानका लागि राजनीति नै आवश्यक पर्ने हुँदा अवको आशा भने कै विवेकशिल साझा हो भनेर राजनीतिमा लागेको हुँ ।
  • नयाँ पार्टीबाट आफ्नो राजनीतिक यात्राको सुरुवात गर्दै हुनुहुन्छ ? अहिले तपाई र तपाईको पार्टीलाई नै भोट किन दिने ?
    नयाँ पार्टीबाट आफ्नो राजनीतिक यात्राको सुरुवात गर्दैछु । नयाँ सोच, नयाँ विचार र नौलो काम गरेर देखाउन हामी जनताको माझमा आएका छौं । पुराना दलहरुले बर्षौदेखि झुठा आश्वासन बाँडिरहेका छन् । उनीहरु सत्ताालिन हँुदैं भ्रष्टाचार अन्त्य गर्नु पर्नेमा झन झन आफै लिप्त हुँदैछन् ।
    अबको देशको माग भनेको सभ्य विकसित समाज निर्माण गर्दै देशलाई समृद्धको मार्गमा लैजाने हो । यो कामका लागि अहिलेका कुनै गठबन्धन सक्षम छैनन् भन्ने कुरा जनताले राम्ररी बुझेका छन् । हाम्रो विवेकशील साझा पार्टीले स्थानीय निर्वाचनमा आफ्नो उपस्थिति जनाइसकेको छ । मतदाताले विवेकशील साझा पार्टीका युवा नेतृत्वले अबको देश विकासका गर्न सक्छ भन्ने मतदाताको विश्वास छ र यहि कारणले हामीलाई अहिले तराजुमा भोट दिएर जिताउनु हुन्छ ।
  • तपाईको पार्टीका एजेण्डाहरु के—के हुन् ?
    हाम्रो विवेकशील साझा पार्टीले भ्रष्टाचार अन्त्य गर्ने, सुशासन सभ्य समाज निर्माण, सहभागितामुलक, युवा लक्षित कार्यक्रमलाई अगाडि बढाउने, विदेशमा रहेका युवालाई स्वदेशमा नै रोजगारीको प्रबद्र्धन गराउने वातावरण सिर्जना गर्ने, उद्यमशिलताको विकास गर्ने, कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, दिगो र प्रभावकारी विकास गर्ने सभ्य समाज निर्माण गर्ने र समग्रमा देशको आर्थिक समृद्धि र मुहार परिवर्तन गर्ने लक्ष्य राखेर अगाडि बढेको छ ।
  • प्रदेश क्षेत्रको विकासका लागि के—के गर्ने योजना बनाउनु भएको छ ?
    आफ्नो प्रदेश क्षेत्रको विकासका लागि निर्वाचित स्थानिय प्रतिनिधिहरुसंग मिलेर सुशासन, विकास, जनतामुखी, छरितो सेवा, नागरिकहरुका समस्या र पुर्वाधारहरुको विकास, गुुणस्तरीय शिक्षा, स्वाथ्य प्रदान गर्ने, कृषि प्रणालीलाई आधुनिकीकरण गरी उद्यमशिलताको विकास युवाहरुका लागि रोजगारी दिने रहेको छ । धार्मिक र बाह््य पर्यटन विकासका लागि संभावनाहरुको खाजी गर्दै भएका पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धन गर्नेछु ।
  • अन्त्यमा तपाईले प्रस्तुत गरेका योजनाहरु पूरा गर्ने आधारहरु के छन् ?
    हाम्रो विवेकशील साझा पार्टीमा विज्ञ युवाहरु सहितको पार्टी हो । हामी विभिन्न आधारहरु सहित एजेण्डाहरु प्रस्तुत गरेका छौ । हामी क्षमता, विज्ञता, सहभागितामुलक, उद्यमशिलतामा विश्वास गर्दछौं । मतदाताहरुलाई अहिले आफ्नो विवेक प्रयोग गरी विवेकशील साझा पार्टीको चुवाव चिन्ह तराजुमा भोट दिएर प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारहरुलाई विजयी गराई हामीलाई काम गर्ने अवसर दिनुहुन अनुरोध गर्दछु ।