Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

यसकारण मकवानपुरका प्रदेशसभामा इन्द्र बानियाँ विजयी हुनुपर्छ

NIC Bank, Long AD

डिसेम्बर 4, 2017

राजन विडारी, मकवानपुर । इन्द्र बानियाँ नेपाली कांग्रेस मकवानपुरको वर्तमान पार्टी सभापती हुन् । साथै उनले निर्वतमान गृहराज्य मन्त्री र सांसद जिम्वेवारी पनि कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । जिल्लामा र केन्द्रमा प्रभावशाली नेताको परिचय समेत बनाएका बानियाँ वहुदल प्राप्तिको करिव २५ वर्ष पछि जिल्लामा पहिलो पटक नेपाली कांग्रेसको ऐतिहासिक जित रच्न सफल व्यक्ति पनि हुन् ।


देशमा गणतन्त्रको आगमन भए पश्चात जब जिल्ला नेतृत्व युवा पुस्तामा आएसंगै अहिले कांग्रेसी राजनीति र हैसियत उचाईमा छ । पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसको पराजय भएपनि खासगरी तत्कालीन क्षेत्र नं. १ मा सम्मान जनक मत ल्याउन सफल भएको हो । पराजयबाट कत्ति पनि पछाडि नहटिकन निरन्तर जनताको सुख दुखमा साथ दिंदै विकासमुखी राजनीति गरेकाले संविधानसभा भाग २ मा विजयी भएको हो, नेपाली कांग्रेस । त्यसको ऐतिहासिक नायक थिए, यिनै इन्द्र बानियाँ । आफ्नै निरन्तरको त्याग अनि समपर्णको फलरुवरुप यिनी विकास र राजनीतिमा कहिल्यै नथाक्ने मकवानपुरका आश लाग्दा युवा नेताका रुपमा देखिएका छन् ।

नेपाली कांग्रेस पार्टी प्रतिको समर्पण र निष्ठा एवं संगठनात्क राजनीतिको क्षेत्रमा अविचलीत यात्रा साथै कांग्रेसी कार्यकर्तालाई मात्र नभै समग्र समाज र त्यहाँका हरेक नागरिकको सुख दुखमा सहभागी बन्ने र सक्दो सहयोग गर्ने बानीले समाजमा उनको प्रशंसा बढ्दो छ । त्यस्तै, सामाजिक, सांस्कृतिक, धार्मिक सबैखाले गतिविधीमा प्राथमिकता पूर्वक उपस्थिती जनाउने र सघाउने गर्दै आएका उनी आफ्नै जीवनकालमा मेहनत, निरन्तरको लगाव अनि सुझबुझ पूर्ण ब्यवस्थापनका कारण एक सफल व्यवसायी भएकाले अरुलाई पनि त्यस्तै बन्न र गर्न उत्साह एवं प्रेरणा भर्ने गर्छन् ।


विगतका केही दशकदेखि राजनीतिलाई गरिखाने व्यवसाय मात्र नबनाएर आफ्नै व्यवसायमा रहि नागरिकको सुख दुख र सामाजिक सेवामा सदैव समर्पित छन् । व्यक्तिगत रुपमा उनी एक सफल व्यवसायी पनि हुन र यस्तै उद्यशिलता र व्यवसायबाट नै युवाहरुलाई सवल गराउदै समाजदेखि देश कै विकास गर्न सकिन्छ भन्ने उनको संकल्प छ । त्यसैले, उनले आफ्नै शैली र क्षमता वढि विश्वास गर्दछन् ।
जिल्लाको हरेक क्षेत्रको समस्या र सम्भावना दुबै नजिकबाट अनुभव गर्दै विकासप्रेमी नेताको छवि बनाएका छन् । प्रमुख पार्टीको जिल्ला सभापती र देशकै राज्यमन्त्रीको हैसियतमा पुगेको एक राजनीतिक नेताले विगतदेखि नै जिल्लाका सबै निर्वाचन क्षेत्र र देश कै विकासमा ध्यान दिएकाले अवको मार्ग समृद्धि र उज्यालो ल्याउने बाटो रोज्न सवल उमेदवारलाई भोट दिएर सम्मानका साथै विकासका लागि अर्को अवसर दिनु पर्दछ ।