Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

सञ्चय कोषद्धारा अर्ध जलाशययुक्त बेतन कर्णाली निर्माण प्रक्रियामा

NIC Bank, Long AD

डिसेम्बर 3, 2017

काठमाडौं । ६ सय ८८ मेगावाटको बेतन कर्णाली अर्ध जलाशययुक्त आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र सम्भाव्यता अध्ययनका लागि सञ्चयकोषले प्रक्रिया अघि बढाएर अब टेण्डर आहृवान गर्न लागेको छ । विद्युतको उच्च माग हुने समयमा यसलाई उपयोग गर्न सकिने जानकारीहरु बताउछन् । देशमा अहिले पिक समयमा विद्युतको माग व्यवस्थापन गर्नलाई प्राधिकरणलाई गाह्रो छ । यस्ता अर्ध जलाशययुक्त आयोजनाको निर्माण भएसँगै पिक समयमा विद्युत आपूर्ति गर्न प्राधिकरणलाई सहज हुनेछ ।
सञ्चय कोषका कार्यबाहक प्रशासक दीपक रौनियारले भने ‘तामाकोसी पछि देशमा ठूलो आयोजनाको निर्माण अघि बढेन अब हामीलाई तत्काल अर्धजलाशययुक्त आयोजनाको आवश्यकता छ, त्यसैले बेतन कर्णाली निर्माण अघि बढाएका हौं ।’
यस आयोजना निर्माणको लागि कम्पनी समेत दर्ता भइसकेको छ । सञ्चयकर्ता हाइड्रोपावर कम्पनीका नाममा दर्ता भएको यो कम्पनीमा ४० प्रतिशत सञ्चयकर्ता र १५ प्रतिशत कोषको गरी जम्मा ५५ प्रतिशत स्वामित्व छ ।
साथै यसमा विद्युत प्राधिकरणको समेत लगानी हुनेछ । विद्युत प्राधिकरणको १० प्रतिशत र अन्य विद्युत उत्पादनको १० प्रतिशत सेयर रहनेछ । र २५ प्रतिशत सेयर भने सर्वसाधारणका लागि जारी गर्न लागेको छ । १० प्रतिशत र १५ प्रतिशत सेयर देश भरीका सर्वसाधारणका लागि जारी गरिनेछ ।
यस आयोजनाको लागत ७० अर्ब आँकलन गरिएको रौनियार बताउँछन् । सञ्चय कोषले नाफाको ८० प्रतिशत नाफा आफ्ना सञ्चयकर्तालाई प्रदान गर्ने गरेको छ तर अब त्यस्तो नाफा नबाढी अलग्गै खातामा जम्मा गरेर बेतन कर्णालीमा लगानी गर्न लागेको हो । सञ्चयकर्ताहरुले उक्त नाफा स्वरुप पाउने रकमको ब्याज समेत जोडेर सो बराबरको सेयर उपलब्ध गराउने कोषको तयारी छ ।
कोषले प्रदान गर्ने गरेको नाफा बेतन कर्णालीमा लगानी गर्नको लागि कोषले बाटो समेत खुला गरेको छ । सञ्चयकर्ताको मुनाफा रकमलाई शेयरमा लगानी गर्नेसम्बन्धी विनियमावली जारी गर्दै कोषले उक्त रकम लगानी गर्नका लागि बाटो खोलेको हो । यसरी लगानी गर्दा सञ्चयकर्ता हाइड्रोपावर कम्पनीमा सञ्चयकर्ताको ४० प्रतिशत शेयर रहनेछ ।