Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

प्राकृतिक स्रोतको दोहनले जैविक विविधतामा नकारात्मक प्रभाव

NIC Bank, Long AD

डिसेम्बर 1, 2017

काठमाडौँ – जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले प्राकृतिक स्रोत तथा साधनको उपयोगबिना जीवन सम्भव नहुने भएकाले त्यसको दिगो उपयोगका लागि शासकीय पक्ष सबल र सरल हुन आवश्यक रहेकामा जोड दिए ।

‘एसियामा वनजन्य पैदावारमा सुशासन र जीविकोपार्जन विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले वनजंगलका स्रोत र साधनको उपयोग गर्दा जैविक विविधता र पर्या–प्रणालीका सेवाहरूमा नकारात्मक प्रभाव नपर्ने गरी गर्नुपर्ने बताए ।

उनले प्राकृतिक स्रोत तथा साधनको बढ्दो र अवान्छित दोहनले हाम्रो वातावरणीय सन्तुलन खल्बलिदै गएको र यसले जलवायु परिवर्तनलाई गति दिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण बाढी, पहिरो, आँधी आदि प्राकृतिक प्रकोपका घट्नाको संख्यात्मक र गुणात्मक रुपमा वृद्धि भई गरिबीको चक्र झन गहिरो हुँदै गएकामा चिन्ता व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभू बुढाथोकीले दिगो र बैज्ञानिक ढंगबाट वन पैदावारको संकलन, उपयोग र विक्री वितरण नगरेसम्म मुलुकको आर्थिक सम्बृद्धि हुन नसक्ने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी छ भने । उनले नेपालमा ४५ प्रतिशत वन क्षेत्र भए पनि त्यसको सही उपयोग गर्न नसक्दा अन्य मुलुकबाट वनजन्य वस्तु निर्यात गर्नु परेको बताउँदै वन सम्पदाबाट रोजगारी सिर्जना, गरिबी निवारण र बढ्दो व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे ।

वन राज्यमन्त्री कमला शर्माले वनपैदावारको सही उपयोग र व्यवस्थापन गर्न सकिए जनताको जीजिकोपार्जनमा सुधार ल्याउन सकिने धारणा राखे ।

जैविक विविधताको संरक्षण र पर्या–प्रणालीका सेवाको निरन्तरताको सुनिश्चितताका लागि आफ्ना अनुभव तथा सिकाईहरू आदानप्रदान गर्ने, यसका लागि एशिया–प्रशान्तस्तरमा सञ्जाल तयार गर्ने र सामूहिक प्रयासलाई अझ सशक्त रूपमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले सो सम्मेलन आयोजना गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नेपाललगायत विभिन्न देशका अमेरिका, अष्ट्रिया, डेनमार्क, भारत, बंगलादेश, बेलायतका वनसँग सम्बन्धित करिब सयजना विज्ञको सहभागिता रहेको छ ।