Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

युएईसँग प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टिम युएई प्रस्थान

NIC Bank, Long AD

नोभेम्बर 29, 2017

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको खेलमा युएईसँग प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टिम आज युएई प्रस्थान गर्दैछ।
नेपाली टिमले युएईसँगको च्याम्पियनसिप खेल्नुअघि अमेरिका र केन्यासँग मैत्रीपूर्ण अभ्यास खेल खेल्नेछ। डिसेम्बर १ मा अमेरिकासँग र डिसेम्बर ३ मा केन्यासँग खेल्नेछ।

मंसिर २० र २२ मा युएईसँग खेल्न नेपालले सोमबार १४ सदस्यीय टिमको घोषणा गरेको थियो। यसअघि हङकङसँग खेल्दा टीममा नरहेका शक्ति गौचन र दिलिप नाथले स्थान बनाएका छन्।

अनिल शाह र कुशल भुर्तेल पनि नेपाली टिमसँग अतिरिक्त खेलाडीको रुपमा युएई जानेछन्। दुवै खेलाडीले यसअघि यु(१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् जसमध्ये अनिलले भर्खरै मलेसियामा सम्पन्न यु(१९ एसिया कपमा अफगानिस्तानसँग अर्धशतक प्रहार गर्दै चर्चा कमाएका थिए भने कुशल लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दैआएका छन्।

हङकङसँग गत महिना सम्पन्न च्याम्पियनसिपको छैठौं चरणको खेलमा १ खेलमा पराजित तथा १ खेल वर्षाको कारण सम्भब नभए पछि नेपाली टिम डिभिजन(२ मा रेलिगेट भएको थियो। युएई पनि नेपालसँगै डिभिजन(२ मा रेलिगेट भैसकेको अवस्थामा दुवै देश बीचको खेल प्रतिष्ठाको खेलको रुपमा हेरिएको छ।

बिश्व क्रिकेट लिग डिभिजन(२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन(२ मा उत्कृष्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

दुई वर्षदेखि चलिरहेको विश्व क्रिकेट लिग ९डब्लुसिएल० च्याम्पियनसिप आगामी साता सकिँदै छ।

च्याम्पियनसिपको अन्तिम चरण ३ टिमका लागि महत्वपूर्ण छ। स्कटल्यान्ड, हङकङ र केन्यामध्ये २ टिम विश्वकपमा छनोट प्रतियोगिताका लागि छानिनेछन् भने १ टिम डिभिजन–२ मा झर्नेछ।

नेदरल्यान्ड्स र पपुवा न्युगिनी विश्वकप छनोट प्रतियोगितामा स्थान बनाइसकेका टिम हुन्। नेपाल, नामिबिया र यूएई भने डिभिजन–२ मा झरिसकेका छन्।