Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

९ करोड राजश्व हिनामिना गर्ने विरुद्ध मुद्धा दायर

NIC Bank, Long AD

नोभेम्बर 29, 2017

काठमाडौं । यातायात व्यवस्था कार्यालय कोशको राजश्व हिनामिना गरेको आरोपमा पाँचजना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
तत्कालीन उपसचिव होमनाथ भट्टराई, उपसचिव विष्णुप्रसाद पौडेल तथा लेखापाल सुरेश अधिकारी, लेखापाल मणिराज दाहाल र सहलेखापाल टंकबहादुरमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनीहरुले कार्यालयको ८ करोड ९६ लाख १७ हजार ६३ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।