Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

भ्रमण सहज बनाउन एक्सलट्रिपको सफ्टवेयर संचालनमा

NIC Bank, Long AD

नोभेम्बर 28, 2017

काठमाडौं । सुचना प्रविधिको विकास सगै मानिसहरु एक देशबाट अर्को देश भ्रमण गर्ने, अध्ययन अनुसन्धान गर्ने विभिन्न कुराहरुको अवलोकन र अनुभव लिने क्रम पनि बढ्दो छ । पर्यटन व्यवसायमा पनि पर्यटकलाई सुलभ र गुणस्तरिय सेवा प्रदानका लागि पनि विभिन्न सेवाहरुको संचालन गरिएको छ ।

विदेश भ्रमणका लागि भिसा शुल्क र एयर टिकट र होटल बुकिङ्ग कसरी गर्ने भन्ने बिषयमा तनावमा हुनुहुन्छ भने सो तनावबाट अब मुक्त हुनुहुन्छ । अब नेपालमै एटिएम र क्रेडिट कार्डको प्रयोग गरि यो सेवा लिन सकिन्छ । अमेरिका, युरोप लगायत एसियाका विभिन्न देशहरुमा भ्रमणका लागि यो सेवाको प्रभावकारीता बढ्दो छ ।
अमेरिकाको क्यालिफोर्निया रहेको एक्सलट्रिपले एटिएम र क्रेडिट कार्डबाट आफुले चाए अनुसारकोे सेवा लिन सफ्टवेयर संचालनमा ल्याएको छ । एक्सलट्रिपका संचालक हब खड्काले एड्भान्स टेक्नोलोजि प्रयोग गरि पर्यटन क्षेत्रलाई चुस्त र छरितो बनाउन यो सेवाको प्रयोग गरिएको बताए ।

यसअघि विदेश भ्रमणका लागि भिसा मगाउन, होटल तथा टिकट बुकिङ्ग गर्न ट्राभल एजेन्सीको जानुपर्ने अबस्थालाई यो प्रविधिले सहज बनाउने छ । ब्लकचेन टेक्नोलोजि प्रयोग गरिएको यो सेवा विश्वका ९ देशमा उपलब्ध छ । ब्लकचेन टेक्नोलोजिलाई सुरक्षित लेजर पनि भनिन्छ । यो सेवा नेपाली पर्यटन क्षेत्रमा नौलो आयम हुने खड्काको दावि छ ।