Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

गाउँका कृषकहरु हाते ट्रयाक्टरतर्फ आकिर्षत

NIC Bank, Long AD

नोभेम्बर 28, 2017

लमजुङ । गाउँका कृषकहरुले काम छिटो हुने, माटो राम्रो हुने, खर्च पनि कम लाग्ने भएकाले पनि खनजोतका लागि हाते ट्रयाक्टरकै प्रयोग तर्फ आकिर्षत भएका छन । पछिल्लो समय लमजुङका किसानहरु आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका छन् । हिउँदको समयमा लगाईने खेती होस् या त बर्खाको समयमा लगाइने खेती । उनीहरु खेतबारी खनजोतका लागि आधुनिक हाते ट्रयाक्टरकै प्रयोग गर्छन् । विगतमा हलगोरु लगाई परम्परागत रुपमा खेती गर्दैै आएका किसानहरु अहिले खेतबारी खनजोतका लागि हाते ट्रयाक्टरको प्रयोग गर्दै आएका छन । हाते ट्रयाक्टरले जोत्दा एक रोपनी जमिन एक घण्टामै सकिन्छ । ट्रयाक्टरले नै खेतबारी खनजोत गर्दा फाईदा हुन्छ । समय र पैसाको बचत हुन्छ । उत्पादन पनि राम्रो हुन्छ भन्ने उनिहरुको भनाई छ । लमजुङको बेसीशहर, उदिपुर, सुन्दरबजार, भोटेओडार, पाउँदी, धमिलिकुवा, र भोर्लेटार लगायतका किसानहरुले पछिल्लो समय खनजोतका लागि हाते ट्रयाक्टरकै प्रयोग गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयले पनि किसानहरुलाई अनुदानमा वर्षेनी हाते ट्रयाक्टर वितरण गर्दै आएको छ ।