Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

तरकारीमा मन्द विषादी बढ्दो प्रयोग, स्वाथ्यमा असर

NIC Bank, Long AD

काठमाडौंमा सबैभन्दा बढी भारतीय तरकारी बढी खतरनाक

नोभेम्बर 24, 2017

काठमाडौं । बेमौसमी तरकारी खेतीको प्रचलन बढ्दै जाँदा रोग, किरा लाग्न नदिन विषादी प्रयोग पनि व्यापक छ । त्यस्ता विषादिले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरु बताउँछन् । कृषि विकास मन्त्रालयअन्तर्गत बाली संरक्षण निर्देशनालयको तथ्यांक हेरौं । हरेक वर्ष संकलन हुने तरकारीका नमूनामध्ये १० प्रतिशत खान अयोग्य हुन्छन् । बाँकी ९० प्रतिशत खान योग्य त हुन्छन् तर ती अर्गानिक हुँदैनन् । उपभोग गर्नै नमिल्ने गरी विषादिको प्रयोग शरीरमा गम्भिर रोग भित्र्याउने कारक बनिरहेको छ ।

काठमाडौंमा सबैभन्दा बढी भारतीय तरकारी बढी खतरनाक

काठमाडौंमा आउने सब्जीमध्ये सबैभन्दा बढी विषादि भारतबाट भित्रिने तरकारीमा भेटिने गरेको छ । अहिलेसम्म भारतमा उत्पादित नौ वटा नमूनामा अधिक विषादि भेटिएको छ । त्यसपछि काभ्रेको उत्पादन बढी विषाक्त भेटिने गरेको छ । हालसम्म काभ्रेका आठ वटा नमूनामा धेरै मात्रामा विषादिको अवशेष पाइएको छ । काठमाडौंकै उत्पादन पनि विषाक्त पाइने गरेको छ । काठमाडौंमा उत्पादित तरकारीका पाँच वटा नमूनामा कैफियत भेटिएको छ । धादिङ, चितवन, बारा, पर्सा र सर्लाहीका तरकारी पनि त्यति स्वस्थकर भेटिएका छैनन् । सबैभन्दा धेरै विषादियुक्त तरकारी माघ महिनामा उपत्यकामा भित्रिने गरेको देखिन्छ । त्यसपछि साउन र मंसिरमा बजारमा पाइने तरकारीमा विषादिको अवशेष बढी पाइन्छ ।