Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

स्वदेशी लगानी र प्रविधिमा बुढीगण्डकी आयोजना बनाइने

NIC Bank, Long AD

नोभेम्बर 24, 2017

काठमाडौं । सरकारले स्वदेशी लगानीमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन ९इपिसी० मोडलमा उक्त आयोजना बनाउन लागेको हो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनयाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको थियो । गेजुवासँगको सम्झौता खारेज भएपछि १२ सय मेगावाट क्षमताको बुढीगण्डकी बन्नेरनबन्ने वा यसको भविष्य के हुने भन्ने चासो बढेको थियो । शुक्रबार उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले पत्रकार सम्मेलन गर्दै बुढीगण्डकी अब स्वदेशी लगानीमै बन्ने बताएका छन् ।

उनले भने, ुइन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन मोडलमा निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय गरेको छ।ु

मन्त्री थापाले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने बताए ।