Digital Newspaper of Nepal
| Thursday, 16 August 2018
Subscribe Google+
Smart 4G

७२ घण्टाका लागि रसुवागढी नाका बन्द

NIC Bank, Long AD

November 23, 2017

रसुवा । २०७४(मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमानाका बन्द गर्नु पर्ने भएकाले बिहीबार राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
नाका बन्द सुरु भएपछि सवारी साधन तथा मानिसको आवतजावत पुरै रोकिने छ । सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिका र मतपत्रसहित पुगिसकेकाले निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारीले बताए । उनले भने, ुम्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी करिब १५ सय सुरक्षाकर्मीहरु परिचालित हुने छन् ।