Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

सिन्धुपाल्चोक सहित काँग्रेसले ७५ जित्ने, एमाले ५९ र माओवादी १५ सीमित हुने

NIC Bank, Long AD

नोभेम्बर 22, 2017

काठमाडौं । दलहरुको चुनावी दौडधूप तीव्र बनेको बेला एक सर्वेक्षले नेपाली काँग्रेसले सिन्धुपाल्चोक जिल्ला सहित ७५ सिट जित्ने दावी सहितको प्रक्षेपण सार्वजनिक भएको छ । एमालेले ५९, माओवादी केन्द्रले १५,संघीय समाजवादी फोरमले ६, राष्ट्रिय जनता पार्टीले ५,राष्ट्रिय प्रजातन्त्र पार्टीले २ र स्वतन्त्रले ३ जित्ने प्रक्षेपण छ । समानुपातिक तर्फ ११० मध्ये काँग्रेसले ४१, एमालेले ३०, माओवादी केन्द्रले १३,संघीय समाजवादी फोरमले ८, राष्ट्रिय जनता पार्टीले ६,राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ र अन्यले ७ सि जित्ने प्रक्षेपण गरिएको छ । लोकतन्त्र तथा अनुसन्धान मन्च नेपालका उद्धव सिग्देल र प्रवीण कोइरालाले २०१५ साल यताको चुनावी विश्लेषण गरेर यो प्रक्षेपण गरेका हुन् । काँग्रेसबाट सिन्धुपाल्चोकको प्रतिनिधि सभाका लागि सूचना तथा सन्चार मन्त्री मोहन बस्नेत र प्रदेशका लागि विष्णु खत्री र राजेन्द्र श्रेष्ठ उम्मेदवार रहेका छन् ।