Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

चमेलियाबाट बिजुली बाल्ने तयारी अन्तिम चरणमा

NIC Bank, Long AD

नोभेम्बर 20, 2017

काठमाडौं । चमेलिया जलविद्युत आयोजनाबाट बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ । बिजुली बाल्नुपूर्व आयोजनाले १३२ केभी प्रसारण लाइन निर्माण गरिसकेको छ र त्यसमा आगामी बिहीबारदेखि विद्युत प्रवाह ९चार्ज० गर्दैछ ।
दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रशारण लाइन निर्माण गरिएको छ । ४१२ वटा टावर रहेको यो प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको छ ।
यो आग्रह गर्दागर्दै पनि कसैले बर्जित क्रियाकलाप गरेर दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने सूचनामा उल्लेख छ ।