Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

भ्रष्टाचारले लिप्त भएको समाज देखेपछि छट्पटाए लामिछाने (भिडियोसहित)

NIC Bank, Long AD

नोभेम्बर 17, 2017

काठमाडौं । विभिन्न सन्देशमूलक सर्टफिल्म बनाएर चर्चामा रहेका कलाकार शंकर लामिछानेले पुन अर्को सन्देशमूलक सर्टफिल्म लिएर आएका आएका छन् । ए नेपाली हो सावधान नामक सर्टफिल्म भर्खरैमात्र सार्बजनिक गरेका छन् जस्ले देशको यथार्थतालाई चित्रण गरेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने सन्देश सहित निर्माण गरिएको यो सर्टफिल्मलाई शंकर लामिछाने आफैंले लेखन निर्देशन गरेका हुन् । पछिल्लो समय देशमा विकराल समस्याका रुपमा रहेको भ्रष्टाचार विरुद्ध सबै नागरिक एकजुट हुनुपर्ने बेला आएको सन्देश सहितको कथा सर्टफिल्ममा देख्न सकिन्छ । जसमा राजनीतिक पार्टीको आवरणमा रहेर निर्धक्क भ्रष्टाचार गर्ने देशद्रोहीलाई जनताले नै उन्मुक्ति दिन नहुने भाव प्रकट भएको छ ।

देश विकास नहुनुमा भ्रष्टाचार प्रमुख कारक रहेकोले भ्रष्टाचार निर्मूल पार्न सबै नागरिकले दवाव सिर्जना गर्नुपर्ने आबश्यकता औँल्याईएको यो सर्टफिल्म सबै नेपालीले एकपटक हेर्नैपर्ने कलाकार तथा निर्देशक शंकर लामिछाने बताउनुहुन्छ । फिल्ममा निर्देशक शंकर लामिछाने नारायण अधिकारी, थमनसिंह पुर्जा, दिपुबाबु अधिकारी, काजल विसी, सुजता बस्याल लगायतको अभिनय देख्न सकिन्छ ।

भ्रष्टाचार कम गर्न नागरिक स्वयम सचेत र सर्तक नहुने हो भने यो अवस्था झनै भयावह हुन सक्ने भएकाले स्वयम् नागरिकस्तरबाट पनि भ्रष्टाचार नियन्त्रणका लागि कदम चाल्नु पर्ने आवश्यकतालाई निर्देशक तथा लेखक लामिछानेले रोचक तवरबाट प्रस्तुत गर्न सफल भएका छन् । हरेक नागरिक जागरुक हुन जरुरी रहेको देख्ने लामिछाने भन्छन–देश दुखेपछि छट्पटाएर भ्रष्टाचार नियन्त्रणका लागि यसपटक सर्ट फिल्म बनाएको हुँ । यसअघि पनि देशमा संघीयतको हुरी चलेका बेला लामिछाने यस्तै मर्मस्पर्शी सर्ट फिल्म बनाएर सबैको मन जित्न सफल भएका थिए ।