Digital Newspaper of Nepal
| Monday, 21 August 2017

दक्षिणकालीमा एक हप्ते योग शिविर सम्पन्न

अगस्ट 5, 2017

काठमाडौं । दक्षिणकाली नगरपालिका तथा पतंन्जली योग समितिको संयुक्त आयोजनामा दक्षिणकालीमा एक हप्ते योग शिविर सम्पन्न भएको छ । शिविरको शनिवार दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले निशुल्क एक हप्ते योग शिविरको समापन गरेका हुन् । उनले योग शिविरले मानिसलाई स्वस्थ्य बनाउने भएकाले रोगको बाटो छेक्न योगले महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै उपमेयर बसन्ती डंगोल तामाङले पनि योगमा सहभागी भएकोमा दक्षिणकाली नगरपालिकाका बासिन्दाहरुलाई धन्यवाद दिएकी थिइन् ।
मातृशक्ति महिला समूहका तर्फबाट विद्यालक्ष्मी श्रेष्ठ, राकेश अमात्य र शारदा बस्नेत श्रेष्ठले योग शिविरको संयोजनमा शिविर सम्पन्न भएको हो । पतंजली योग शिविरका वरिष्ठ योग प्रशिक्षकहरुले सहभागीहरुलाई योग सिकाएका थिए । एक सातासम्म चलेको योग शिविरले दक्षिणकाली नगरपालिका क्षेत्रभित्रका मानिसहरुलाई योग तर्फ आकर्षित गराएको सहभागीहरुले बताएका छन् । उत्साहजनक रुपले योग शिविरमा मानिसहरुको सहभागी भएको आयोजकहरुले बताएका छन् । शिविर सन्चालन गर्न सहयोग गर्ने विभिन्न व्यक्तित्व, योग प्रशिक्षक तथा उत्कृष्ट सहभागीहरुलाई सम्मान समेत गरिएको थियो ।