Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

ढुकुटी प्रथा रोक्दा थकालीलाई चोट : थकाली

NIC Bank, Long AD

अगस्ट 2, 2017

काठमाडौं । पूर्व वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता रोमी गौचन थकालीले सर्वोच्च अदालतले ढुकुटी प्रथालाई रोक लगाएर थकाली समुदायको पहिचानमा चोट पु¥याएको बताउनु भएको छ । थकाली जाति र समुदाय ढुकुटीकै माध्यमबाट अगाडि बढेर विकास गरेको सत्यलाई कसैले भुल्न नहुने उहाँको तर्क र आग्रह छ । थासाङ स्पोर्टस् क्लवद्धारा आयोजित छैटौं खुल्ला रनिङ सिल्ड तारा अर्थात धनुषवाण प्रतियोगिताको राजधानीमा उद्घाटन गर्दै पूर्वमन्त्री थकालीले सो कुरा बताउनु भएको हो । उहाँले थकाली समुदायको परम्परागत वैंकिङ प्रणालीमाथि सर्वोच्च अदालतले रोक लगाउँदा पनि थकाली समुदायले केही नबोलेको भन्दै आपत्ति जनाउनु भयो ।
अन्य जातिले ढुकुटी प्रथाको गलत उपयोग गरेर थकाली समुदायको पहिचानमाथि प्रहार गर्न खोजेको भन्दै नेता थकालीले आर्थिक मेरुदण्डको रुपमा रहेको ढुकुटी प्रथालाई संरक्षण गर्नुपर्नेमा जोडदिनुभयो । थकाली समुदायको परम्परागत खेल धनुषवाणलाई संरक्षण र सम्वद्र्धन गर्दै युवा पुस्तामाझ पु¥याउने उद्येश्यले थासाङ स्पोर्टस् क्लवले वर्षेनी यस खेलको प्रतियोगिता गर्दै आएको छ । थकाली सेवा समाजको कार्यालय बालाजुमा पाँच दिनसम्म चल्ने धनुषवाण प्रतियोगितामा विभिन्न समूहले सहभागिता जनाएका छन् । कार्यक्रममा थकाली समुदायका अगुवा र विभिन्न संघसंस्थाहरुले थकाली समुदायको पहिचानमाथि निरन्तर प्रहार भएको भन्दै सबै जातिलाई समेटेर अगाडि बढ्न सक्ने थकालीको पहिचान जोगाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।