Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

दक्षिणकालीमा योगप्रति बढ्यो आकर्षण

जुलाई 30, 2017

काठमाडौं । दक्षिणकाली नगरपालिका तथा पतंन्जली योग समितिको संयुक्त आयोजनामा दक्षिणकालीमा एक हप्ते योग शिविर शुरु भएको छ । शिविरको शनिवार दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरेका थिए । उनले योग शिविरले मानिसलाई स्वस्थ्य बनाउने भएकाले रोगको बाटो छेक्न योगले महत्वपूर्ण भूमिका खेलेको बताए । मातृशक्ति महिला समूहका तर्फबाट विजयलक्ष्मी श्रेष्ठ, राकेश अमात्य र शारदा बस्नेत श्रेष्ठले योग शिविरको संयोजन गरिरहेका छन् भने पतंजली योग शिविरका वरिष्ठ योग प्रशिक्षकहरुले सहभागीहरुलाई योग सिकाइरहेका छन् । शनिवारबाट एक सातासम्म चल्ने योग शिविरले दक्षिणकाली नगरपालिका क्षेत्रभित्रका मानिसहरुलाई योग तर्फ आकर्षित गराउने लक्ष्य राखेको छ र मानिसहरुको उत्साहजनक रुपले योग शिविरमा सहभागी भएको आयोजकहरुले बताएका छन् ।