Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

उपेन्द्र यादवलाई अध्यक्ष मानिँदैन ः खड्का

NIC Bank, Long AD

जुलाई 23, 2017

काठमाडौं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम बीच एकता हुने समय नजिकिँदै गर्दा नयाँ शक्तिमा भने असन्तुष्टी उत्कर्षमा पुगेको छ । नयाँ शक्ति नेपालका आर्थिक विभाग प्रमुख सुनिल खड्काले कुनै पनि हालतमा उपेन्द्र यादवलाई पार्टी अध्यक्ष नस्वीकार्ने भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
खड्कासहित अन्य सदस्यहरुले समेत यथास्थितीमा पार्टीक एक नहुने र यदि एक भएमा आफुहरुलाई मान्य नहुने भन्दै खड्काले विद्रोह गर्ने चेतावनी दिएका छन् । आर्थिक विभाग प्रमुख खड्काले भने, ‘वर्तमान अवस्थामा पार्टी एक हुन सक्दैन र उपेन्द्र यादवजीलाई पार्टीको अध्यक्ष स्वीकार्न पनि सकिन्न ।’ खड्काले भने, ‘पार्टीको पहिलो अधिवेशन नै नभई यदि यस्तो निर्णय गरिनु गलत हो, पार्टीले जिम्मेवारी दिएका खण्डमा आफैं नेतृत्व लिन तयार छु ।’
नयाँ शक्तिका केहि पदाधिकारीहरुले पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई पार्टी एकता भए पनि उपेन्द्र यादवलाई अध्यक्ष नमान्ने, एकिकृत पार्टीको नामबाट फोरम हटाउनु पर्ने र आन्तरिक छलफलविनै जवर्जस्ती एकिकरण आफुहरुलाई मान्य नहुने बताएका छन् । यी विषयहरुलाई लिएर साउन ९ र १० गते नयाँ शक्तिको केन्द्रीय समितिको बैठक बोलाईएको छ । पार्टी एकताको विषयमा जवर्जस्ती गरिए पार्टीभित्रै बसेर विद्रोह गर्ने खड्का र उनी समर्थक केन्द्रीय पदाधिकारीहरुले तयारी गरेका छन् ।