Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

इन्टरमेडिकल फुटसल प्रतियोगीता शुरु 

NIC Bank, Long AD

जुलाई 22, 2017

काडमाडौं । स्वास्थ्य तथा सचेततनाको लागि सहयोगी नेपाल (ह्याण्ड) नेपालको आयोजनामा पहिलो इन्टर मेडिकल फुटसल प्रतियोगीता काठमाडौंको शान्तिनगर स्थित शान्ति नगर फुटसल मैदानमा शुरु भएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको विभिन्न अस्पतालबाट २० टोलीले प्रतियोगीतामा सहभागीता जनाएका छन् । डा.रेडिज ल्याव्रोटरिज मुख्य प्रयोजक रहेको फुटसल प्रतियोगीताको लिग चरणको खेलहरु शनिवार नै सम्पन्न गर्ने र अर्को साता फाइनल खेल खेलाइने ह्याण्ड नेपालका अध्यक्ष प्रदीप शर्माले जानकारी दिनु भयो । स्वास्थका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउँन र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई खेलप्रति आकर्षण जनाउन खेलको आयोजना गरिएको  अध्यक्ष शर्माले बताउनु भयो ।