Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

१५ दिनभित्र माग पूरा गर्न निगम तयार, आन्दोलन फिर्ता

जुलाई 18, 2017

काठमाडौं । नेपाल आयल निगम र वाग्मती डिलर्स एशोशियसनबीच सहमति भएको छ । नेपाल आयल निगममा मंगलवार चरण चरणमा भएको बार्तापछि आयल निगमले १५ दिन भित्र माग पूरा गर्ने गरि नयाँ समिति बनाएपछि वाग्मती डिलर्स एशोशियसनले गरेको आन्दोलन फिर्ता भएको हो ।
मंगलवार दिउसो र साँझ गरि दुई चरणमा भएको वार्ताले निगमका निर्देशक दीपक बरालको संयोजकत्वमा नयाँ छानविन समिति बनाएको छ । समितिमा वाग्मती डिलर्स एशोशियसन एक, केन्द्रीय डिलर्स एशोशियसनका एक, नेपाल गुणस्तर तथा नाप तौल विभागका एक र २ जना उपभोक्ता अधिकारकर्मीलाई सदस्य बनाउने निर्णय गरेको छ । १० दिनभित्र समितिले हिमाल, पहाड र तराईका छुट्टा छुट्टै ठाउँमा सिंकेज लस र वर्किङ लसको मात्रा कति छ भनेर अध्ययन गरेपछि नयाँ प्रतिवेदन दिने र १५ दिनभित्र प्रतिवेदन कार्यान्वयन गरिसक्ने नयाँ सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिइएको वाग्मती डिलर्स एशोशियसनका अध्यक्ष अच्युतबहादुर खड्काले बताए । निगम हाम्रो माग’bout सम्बेदनशील देखियो र १५ दिन भित्र माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएको बताउँदै अध्यक्ष खड्काले भने इमान्दारितका साथ सहमति लागू हुनुपर्छ ।