Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

सर्वोच्चकै आदेश अख्तियारद्वारा अवज्ञा

NIC Bank, Long AD

जुलाई 13, 2017

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतको आदेशकोे बर्खिलाप गरेको छ । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई आवश्यक उपचारका लागि अस्पताल पु¥याउन आदेश दिएपनि अख्तियारले अस्पताल लैजान नदिएको परिवारिक स्रोतले बताएको छ ।
परिवारले शर्मालाई बिहीबार अस्पतालमा लैजान खोज्दा अख्तियारले रोकेर सर्वोच्चको आदेशलाई अवज्ञा गरेको हो ।
सर्वोच्चले शर्मालाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले शर्मालाई थुनामा राख्नुको कारण आगामी शुक्रबार पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो । आदेशमा भनिएको छ, ‘शर्मालाई थुनाको कारण के हो ?’ गैह्रकानुनी रुपमा हिरासतमा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले मंगलबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् । यसअघि पनि पटक पटक अख्तियारमा कार्यरत प्रहरी अधिकृतले दुव्र्यवहार गर्दै आएका थिए । खाना लैजान नदिने, शर्माको ज्यानमाथि नै धावा बोल्ने र विभिन्न मानसिक यातानाहरु दिएको भन्दै उनकी श्रीमती कल्पनाले मानव अधिकार आयोग, महिला आयोग, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालयमा निवेदन दिएपनि सुनुवाई भएको छैन । अख्तियारले अनुसन्धान गर्नु एउटा बिषय भएपनि विरामी पर्दा समेत उपचारका लागि अस्पताल नलगेर अख्तियारले सर्वोच्च अदालतकै अपमान गरेको छ । शुक्रवार अदालत पेश गर्न आदेश दिए पनि अख्तियार भने विभिन्न बाहाना बनाएर शर्मालाई पेश नगर्ने प्रपन्च रचिरहेको छ ।