Digital Newspaper of Nepal
| Monday, 21 August 2017

सर्वोच्चले भन्यो–शुक्रवार शर्मालाई ल्याऊँ

जुलाई 12, 2017

काठमाडौ । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको बुधवारको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन आदेश दिएको हो ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण गराई आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, आयोगलगायतलाई विपक्षी बनाई मङ्गलबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न माग गरिएको थियो । अख्तियारका प्रहरीहरुले शर्मालाई खाना लिएर जाँदा उनकी श्रीमती कल्पनालाई समेत दुव्र्यवहार गरेका थिए । अपशब्द बोल्दै शर्माको ज्यानमाथि धावा बोलिएपछि परिवारले सर्वोच्च अदालतमा वाध्य भएर रिट दायर गरेको हो ।
ण् निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोहीअनुसार शर्माले काम गरेको जनाउँदै थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ । राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते आयोगले पक्राउ गरी विशेष अदातलमा उपस्थित गराइएको थियो ।
अख्तियारले करिब डेढसय फाइलमाथि अनुसन्धान गरेर करिब ९ अर्ब ६ करोड रुपैयाँ बिगो निर्धारण हुनसक्ने आंकलनका साथ शर्मामाथि ३ अर्ब २ करोड रुपैयाँ धरौटी माग गरेको थियो । विशेष अदालतले शर्मामाथिको धरौटी मागलाई सदर गरी त्यो नबुझाउञ्जेल शर्मालाई थुनामा राख्न अख्तियारलाई अनुमति दिएको थियो । अख्तियारले शर्मासहित कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि समेत छानबिन थालेपनि दुवैजना फरार रहेका छन् ।