Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

प्रत्येक वर्ष १३ अर्ब बराबरको तरकारी आयात

NIC Bank, Long AD

जुन 19, 2017

काठमाडौं । नेपाल कृषि प्रधान मुलुक हो । तर, पछिल्ला केही वर्षहरुमा तरकारीमा नै परनिर्भर बन्नु परेको तीतो यर्थाथ छ । दैनिक जीवनमा आवस्यक पर्ने तरकारीमा परनिर्भर बन्नु पर्ने पीडा उस्तै छ । वर्षेनी १३ अर्ब बरारबरको तरकारी आयात गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल कृषि प्रधान देश हो, हामी गौरवका साथ भन्ने गर्छौं । तर, वर्षेनि १३ अर्ब बराबरको रकम तरकारी आयात गर्न मै खर्च हुन्छ भन्दा अचम्म लाग्न सक्छ ।

विशेषतः नेपाली भान्छामा प्रयोग हुने लसुन, प्याज, आलु भारतीय बजारबाट आयात गर्नुपर्ने बाध्यता हामी माझ रहेको छ । कृषिमा आधुनिकीकरणको चर्चा हरेक सरकारले गर्ने गर्छन् । व्यवहारतः कृषिमा आधुनिकीकरण नारामा मात्र समित बन्ने गरेको छ । तरकारी आयात गर्नुपर्ने एउटा कारण कृषिमा आधुनिकीकरण हुन नसक्नु कतिपयको तर्क छ । नेपाली उत्पादनले राम्रो बजार पाउन नसक्नु अर्को कारण हो । युवा पुस्ताको विदेश पलायन त छँदैछ, अर्को तर्फ युवाहरुमा कृषिप्रतिको आकर्षणमा कमि पनि मान्न सकिन्छ । उत्पादको भण्डारण हुन नसक्नु अर्को समस्या हो । नेपालमा मौसमी तरकारी उत्पादन हुने गरेको छ । यसका लागि उचित भण्डार आवस्यक मानिन्छ, तर त्यो पर्याप्त छैन । यसैले पनि अफ सिजनमा भारतबाटै तरकारी ल्याउनु बाध्यता रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द« प्रसाद पौडेलको भनाई छ ।
नेपालमा विशेषगरी चैत, बैशाख र जेठमा तरकारी अभाव हुन्छ । पहाडमा पानी नहुँदा तरकारी खेती हुदैन र तराइको उत्पादनले माग धान्न सक्दैन । त्यसैले यो सिजनमा अलि बढी तरकारी आयात हुन्छ । तरकारी भण्डारण गर्न नसक्दा नेपालीलाई पुग्ने तरकारी यहीँ उत्पादन गर्न सम्भव भएपनि सरकारी योजनाको अभावमा अहिलेसम्म तरकारी आयात गरिरहनु पर्ने बाध्यता रहेको छ ।