Digital Newspaper of Nepal
| Thursday, 19 October 2017

वायु प्रदुषण यसकारण बढ्यो

जुन 19, 2017

काठमाडौं । पछिल्ला केही वर्ष यता वायु प्रदुषणको मात्रा बढ्दै गएको छ । वायु प्रदुषणका कारण पर्यटन उद्योगमा समेत प्रभाव पर्न थालेको सरोकारवालाहरुले नै बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले वायु प्रदुषणले पर्वतारोहण पर्यटनमा प्रभाव परेको बताए । वढ्दो वायु प्रदुषणले पर्वतारोहण पर्यटनमा असर गरेको सरोकारवालाहरुको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व वातावरण मन्त्री गणेश शाहले वायु प्रदुषणबाट विश्वको जिडिपि ४ दशमलब ७ प्रतिशतले ह्रास भएको बताउनुभयो । उहाँले बायु प्रदुषणबाट कृषिजन्य उत्पादनमा कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत भन्दा बढीले कमी आउने बताउनु भयो ।
उहाँले नेपालमा जनजीवनको स्वास्थ्यमा मात्र प्रदुषणले असर नगरेर पर्वातारोहण पर्यटनमा समेत असर पु¥याएको बताउनुभयो । इन्ष्टिच्यिूट फर एडभान्स सस्टेनएवीलीटी स्टडी (आइएएसएस) प्रोजेक्ट कोर्डिनेटर डाक्टर महेश्वर रुपाखेतीले वायु प्रदुषणका कारण नेपालको पर्यटन क्षेत्र धरापमा रहेको बताउनु भयो ।
वायुु प्रदुषण न्युनिकरण गर्न सरकारले नीति नियम तथा कार्यक्रमहरु ल्यउनुपर्ने बिज्ञहरुले बताएका छन् । पर्यटन क्षेत्रका सरोकारवाला संस्थाका पर्यटन व्यवसायी तथा बिज्ञहरुले जलवायु परिवर्तनको प्रभावको कारण मुलुकको पर्यटकीय सम्पदाहरु जोखिममा परेको बताएका छन ।